रोपाइँ छाडेरै निर्वाचनमा

झापा – बीस वर्षपछि बुधबार हुन लागेको दोस्रो चरणको स्थानीय निर्वाचन पूर्वका गाउँमा यसरी लागेको छ, मानौं- कुनै भव्य उत्सव आयोजना भइरहेको छ । राजपालाई मनाउने प्रयासमा यसअघि कहिल्यै नभएको तिथि मध्यअसारमा तोकिएको चुनावले रोपाइँमा असर पुर्‍याएको छ तर किसानलाई यसको कुनै परवाह छैन । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

यसअघि तीन कार्यकाल स्थानीय निर्वाचन नभई जनप्रतिनिधिविहीन बस्नुपरेको तोडमा मतदाता यसपालि सचेत देखिएका छन्- उनीहरूले उपलब्धमध्ये सर्वोत्तम छनोटका लागि तयारी गरिरहेको छनक गाउँका चियापसल, चोक र चौतारामा बुझ्न सकिन्छ । चुनावका कारण व्यापार, व्यवसाय पनि प्रभावित भएका छन् ।

काठमाडौंलगायत बाहिरबाट मतदान गर्नै भनेर स्थानीय गाउँमा ओइरिरहेका छन् । मौनअवधि सुरु भइसकेपछि गाउँ उत्रिएका मतदाता उम्मेदवारको विशेषता थाहा पाउन खासखुस गरिरहेका छन् । प्रदेश नम्बर एकको सुदूर पूर्वी जिल्ला झापाका कतिपय ठाउँमा रोपाइँको काम सुरु हुनै सकेको छैन, रोपाइँ भएकै ठाउँमा पनि स्थानीय चुनावको चर्चाले खेतीपाती ओझेल पारेको छ ।

स्थानीय निर्वाचनको दिन बुधबार किसानले मतदान गर्न जानुपर्ने भएका कारण रोपाइँ राखेका छैनन् पनि । विर्तामोड नगरपालिका-१० स्थित विराटपोखरनजिक स्थानीय प्रमिला महतो, प्रतिमा राजवंशी, मालती महतोलगायत १५ जना किसान मंगलबार धान रोप्दै थिए तर चर्चा त्यहाँ पनि चुनावकै थियो । उनीहरूलाई मेलो कसरी सिध्याउने भन्ने हतारो पनि थियो । मतदानका लागि जान बुधबारको मेलो पनि मंगलबार नै सक्नुपर्ने चटारो उनीहरूलाई थियो ।

बल्लतल्ल आएको स्थानीय तह निर्वाचनका लागि भोट हाल्न उनीहरू आतुर देखिए । बुधबारका लागि उनीहरूले कुनै काम राखेका छैनन् । धान रोप्दै गरेकी मालती महतोले अन्नपूर्णसँग हाँस्दै भन्नुभयो, ‘सबै काम छाडेर भए पनि भोट हाल्न जाने हो । जसरी पनि आफ्ना प्रतिनिधि छान्नु छ ।’ २० वर्षसम्म स्थानीय जनप्रतिनिधिको अभावमा टालटुले काम मात्र व्यहोरेका उनीहरूलाई अब छानिएर आउनेहरू विकास निर्माणलाई गति दिनुपर्छ भन्ने लागेको छ । खानेपानी, बिजुली, सडकलगायत नागरिकका माग अब सुनुवाइ हुन्छ भन्ने आशामा उनीहरू छन् । धान रोप्दै गरेकी प्रमिला महतोले भन्नुभयो, ‘हामीलाई आशा छ, अब जनताका काम हुन्छन् । तर, प्रतिनिधि छानिएकाहरूले जनतालाई विर्सनु भएन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको