असार २७, काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले गाडी खरिद गर्न १६ करोड माग गरेको भनेर स्याल हुँइया मच्याइएको आरोप लगाएका छन् ।
एमाले अध्यक्ष ओलीले गाडी खरिद गर्ने कुरा राष्ट्रपतिलाई मतलव नै नभएको विषय भएको पनि स्पष्ट पारे । उनले राष्ट्रपतिलाई गाडी उपलब्ध गराउने काम सरकारको भएको स्पष्ट पार्दै सरोकारनै नभएको विषयमा राष्ट्रपतिलाई विवादमा ल्याउने काम नगर्न पनि चेतावनी दिए ।
ओलीले सत्य, निष्ठासँग कुनै सरोकार नभएका गैरजिम्मेवारी तत्वहरुले राष्ट्रपतिले गाडी खरिद गर्न १६ करोड मागेको हावादारी समाचार सम्प्रेषण गरेको दावी समेत गरे । उनले महिला राष्ट्रपति बनाएर देखाउन अन्य राजनीतिक दलहरुलाई चुनौति पनि दिए ।
मंगलबार काठमाडौंमा आयोजित ‘नेपालको महिला आन्दोलनको उपलब्धि र साहना प्रधान’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष ओलीले एमालेले मात्रै महिला नेतृत्व स्थापित गराउन विशेष नीति लिएर अघि बढेको दावी पनि गरे ।
अध्यक्ष ओलीले महिला नेतृत्वको विकासमा नेपालले विश्वमै गर्व गर्न लायक उपलब्धि हासिक गरेको दावी पनि गरे । उनले राष्ट्रपति, प्रधानन्यायाधिश र सभामुख जस्तो नीति निर्माणको तहमा महिलालाई नेतृत्वमा पु¥याउने काम नेपालले मात्रै गरेको पनि स्मरण गराए ।
अध्यक्ष ओलीले महिला नेतृत्वमाथि जनताले विश्वास गरेको पनि स्पष्ट पारे । उनले स्थानीय तहको निर्वाचनमा पुरुषले भन्दा महिलाहरुले बढि मत ल्याउनु महिला नेतृत्वलाई जनताले विश्वास गर्नुको परिणाम भएको पनि स्मरण गराए । अध्यक्ष ओलीले महिला सशक्तिकरणको क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गरेको उल्लेख गर्दै त्यसलाई कायम राख्न र अघि बढाएर लिएर लैजान भने महिला नेतृहरुले विशेष चनाखो हुनुपर्ने खाँचो पनि औल्याए ।
अध्यक्ष ओलीले सबैको एकतावद्ध प्रयासबाट मात्रै सुःखी नेपाली र समृद्ध नेपाल बनाउने परिकल्पना साकार पार्न सकिने पनि स्पष्ट पारे । कार्यक्रममा स्वर्गीय साहना प्रधानले नेपालको राजनीतिक आन्दोलन र महिला सशक्तिकरणको क्षेत्रमा पु¥याउनु भएको योगदानको चर्चा गरिएको थियो ।
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास