रणवीर सिंहकी श्रीमती बन्ने भइन कट्रिना

बलिउड अभिनेत्री कट्रिना कैफ अभिनेता रणवीर सिंहकी श्रीमति बन्ने भएकी छन् । भारतिय मिडियाका अनुसार उनी बास्तबिक जीबनमा नभइ निर्देशक कबिर खानको आगामी चलचित्र भारतीय क्रिकेट टिमका पूर्व कप्तान कपिल देवको जीवनमा आधारित फिल्ममा रणवीरकी श्रीमति बन्ने भएकी हुन् ।

katrina-kaif-foodie_759

उक्त चलचित्रमा कपिल देवको भूमिका अभिनेता रणवीर सिंहले निर्वाह गर्ने निश्चित भैसकेको छ । कपिलकी श्रीमती रोमी देवको भूमिका कसले निर्वाह गर्ने भन्ने विषयमा चर्चा चलिरहेका बेला कट्रिना कैफलाई उक्त भूमिकामा प्रस्तुत गर्ने निर्णय भएको बताइएको छ । बलिउड फिल्ममा रणवीर सिंह र कट्रिना कैफलाई पहिलो पटक जोडीका रूपमा देख्न सकिन्छ ।

एजेन्सी

 

photo

NOC1-250x300