रक्षामन्त्री: निर्वाचन बिथोल्ने दुई हजारको लिस्ट तयार छ

bhimsen-das-pradhan-1024x604काठमाडौँ, १० मंसिर ।  रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचन बिथोल्न खोज्ने विप्लव नेतृत्वको नेकपाका दुई हजारजनालाई सरकारले पहिचान गरेर विशेष निगरानी गरिरहेको बताएका छन् । तीमध्ये पाँच सय पक्राउ परेको उनले बताए ।

प्रधानले निर्वाचन बिथोल्न सक्रिय व्यक्तिको भागाभाग भएको र त्रासले अर्धभूमिगत भएको भन्दै ढुक्कसँग मतदान गर्न आग्रह गरे । ‘अब कसैले चाहेर पनिनिर्वाचन बिथोल्न, केही गर्न सक्ने अवस्था छैन, करिब पाँच सयजनालाई गिरफ्तार गरिसकिएको छ, धेरैको भागाभाग भइरहेको छ,’ रक्षामन्त्री प्रधानले भने ।

‘हिंसात्मक घटनामा विप्लवको पार्टी’
रक्षामन्त्रीले चुनावअघि देशका विभिन्न भागमा भएका हिंसात्मक घटनामा विप्लव नेतृत्वको नेकपाका कार्यकता संलग्न भएको जिकिर गरे । तर, बम र विद्युतीय धराप विस्फोटका घटनाबारे नेकपाले हालसम्म जिम्मेवारी लिएको छैन ।

‘निर्वाचनविरोधी गतिविधिमा विप्लव समूहले बम आतंक मच्चाएको छ, निर्वाचन बिथोल्न खोज्ने विप्लव समूहका नेताहरूलाई सुरक्षा संयन्त्रले अहिले व्यापक खोजिगरिरहेको छ,’ रक्षामन्त्री प्रधानले भने, ‘तर उनीहरूका सामान्य घटनाले निर्वाचनलाई असर गर्दैन । निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुन्छ, सुरक्षा व्यवस्था भइसकेको छ ।’

सरकारले नेकपासँग वार्ता नगर्ने पनि मन्त्री प्रधानको भनाइ थियो । ‘चुनावको मुखमा हामी उहाँहरूसँग वार्ता गर्दैनौँ, तर, हामी हिट एन्ड रनको पक्षमा छैनौँ, यदि विप्लव समूह वार्तामा आयो भने हामी कुरा सुन्न तयार छौँ,’ प्रधानले भने । तर, संविधान ल्याउन विप्लव नेतृत्वको पार्टीको पनि भूमिका भएको भन्दै प्रधानले प्रशंसासमेत गरे ।  नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको