यू-१९ विश्वकप छनोट खेल्न नेपाली टोलीको घोषणा

Nepal-U-19-Cricket-team

३० असार, काठमाडौं । आईसीसी यू-१९ विश्वकप छनोट खेल्न सन्दिप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली घोषणा घोषणा भएको छ ।

 

भारतमा पाँच अभ्यास म्याच खेलेपछि नेपाली टोलीको घोषणा भएको हो । टोलीमा दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, सन्दिप सुनार, प्रकाश केसी, अनिलकुमार साह र पवन सर्राफ छन् ।

यस्तै रोहितकुमार पौडेल, ललित नारायण राजबंशी, प्रनित थापा मगर, आदिल खान, किशोर महतो, रिजान ढकाल र शाहव आलम छन् ।

सन्दिप जोरा, विक्रमकुमार भुसाल, रसिद खान र सुसान्त सिंह थापा बैकल्पिक खेलाडीमा परेका छन् । नेपाली टोली विश्वकप छनोट खेल्न भाेलि भारतबाट सिंगापुर जानेछ ।

 

photo

NOC1-250x300