यी ४ ठूला नेता कहाँका मतदाता हुन् ?

Top-four-leader-768x586

२६ चैत, काठमाडौं । आजको नयाँ पत्रिका दैनिकले राष्ट्रपति, प्रधानमन्त्रीदेखि ठूला नेताको मतदाता नामावलीबारे जानकारीमूलक सामग्री पस्केको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौं महानगरपालिका वडा नं. १० मा मतदाता नामावली छन् । उनले काठमाडौं १० मा मतदान गर्नेछिन् । उपराष्ट्रपति नन्दबहादुर पुनको मतदाता नामावली भने गोली गाउँपालिका-२, रोल्पामा छ । उनी मतदान गर्न रोल्पा जानुपर्नेछ ।

प्रधानमन्त्री प्रचण्डको मतदाता नामावली भरतपुर महानगरपालिका-६, चितवनमा छ । उनले चितवनबाट मतदान गर्नेछन् । सभामुख ओनसरी घर्तीको रोल्पा नगरपालिका ७, रोल्पामा मतदाता नामावली छ । कांग्रेस सभापति शेरबहादुर देउवाको गन्यापधुरा गाउँपालिका-१ डडेल्धुरामा मतदाता नामावली छ । देउवा स्थानीय तह निर्वाचनमा मतदान गर्न डडेल्धुरा जानेछन् ।

 

एमाले अध्यक्ष केपी शर्मा ओलीको मतदाता नामावली दमक नगरपालिका-१२, झापामा छ । एमाले वरिष्ठ नेता झलनाथ खनालको सूर्योदय नगरपालिका-९, इलाममा मतदाता नामावली छ । माधवकुमार नेपालले गौर नगरपालिका ३ बाट मतदान गर्नेछन् । नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईको मतदाता नामावली पालुङटार नगरपालिका १, गोरखामा छ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको मतदाता नामावली विराटनगर उपमहानगरपालिका १४, मोरङमा छ । उनले विराटनगरबाटै मतदान गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्