म्याग्दीमा निर्वाचनको तयारी तीव्र

timthumbजिल्ला निर्वाचन कार्यालयले आगामी वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनको तयारीलाई तीव्र बनाएको छ। बहत्तर मतदान केन्द्र निर्धारण गरेको कार्यालयले जनशक्ति व्यवस्थापन, सुरक्षा रणनीतिसम्बन्धी अन्तक्र्रिया र मतदाता शिक्षालाई तीव्र बनाउन थालेको हो। एक नगरपालिका र पाँच गाउँपालिकामा करिब ७२ हजार मतदाताले निर्वाचनमा भाग लिन पाउनेछन्। सोहीअनुसार आन्तरिक तयारीलाई तीव्र पारिएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिए। उनका अनुसार निर्वाचन प्रक्रियामार्फत छ स्थानीय तहमा दुई सय ३७ प्रतिनिधि चुनिनेछन्।

हरेक नगर तथा गाउँपालिकामा कायम भएका वडामा वडाअध्यक्षसहित पाँच प्रतिनिधि चुनिने छन् । नगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुख पनि सँगै चुनिएर आउनेछन् । सुरक्षाको सम्पूर्ण तयारी भने जिल्ला सुरक्षा समितिले गर्ने जनाएको छ । मतदानस्थल भने एक सयको हाराहारीमा पुग्नेछ । एक हजारभन्दा बढी मतदाता भएका ठाउँमा मतदानस्थल बनाउन सकिने प्रावधानअनुसार स्थल थपिँदै जाँदा उक्त सङ्ख्या पुग्ने कार्यालयले अनुमान गरेको छ ।

एक मतदानस्थलमा सुरक्षाकर्मीबाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित सात कर्मचारी खटिनेछन् । यसैबीच निर्वाचनमा सुरक्षा प्रयोजनका लागि आह्वान गरिएको म्यादी प्रहरीमा भने युवाको विशेष आकर्षण देखिएको छ । जिल्ला प्रहरी कार्यालयबाट नौ सय ९४जनाले दरखास्त दिएका छन् । लिखित, मौखिक र शारीरिक परीक्षणका आधारमा तिनको छनोट गरिने जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख दिवाकर घिमिरेले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको