माओवादी बैठकमा नारायणकाजीको आक्रोश : बन्दुक नबोक्दैमा क्रान्तिकारी नै नहुने हो ?

साउन ७, काठमाडौं – माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आफूले ‘जनयुद्ध’ नलडेको विषय पार्टीभित्र कहिलेसम्म प्रस्टीकरण दिनुपर्ने भन्दै असन्तुष्टि जनाउनुभएको खबर आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

narayan-kaji-shrestha-ratopati_023pxOHIn3

पटक-पटक घोचपेच
पार्टीभित्र बन्दुक बोकेका र नबोकेका भनी पटक-पटक घोचपेच चलेकोप्रति असन्तुष्टि जनाउँदै नेता श्रेठले आफूले बन्दुक नबोकेको विषय पार्टीभित्र कहिलेसम्म जवाफ दिइरहनुपर्ने जानकारी दिन आग्रह गर्नुभएको छ।

माओवादी सचिवालयको जारी बैठकमा शुक्रबार धारणा व्यक्त गर्ने क्रममा वरिष्ठ नेता श्रेष्ठले कि पार्टी एकता ठीक छैन भन्नुपर्‍यो होइन भने बन्दुक बोकेको र नबोकेको भनी दुई जातिको नेता-कार्यकर्ताको व्यवहार देखाउन नहुने बताउनुभयो।

श्रेष्ठको आक्रोश
शान्तिप्रक्रियामा आएपछि एकताका नाममा बन्दुक नबोक्नेलाई पार्टीमा सहभागी गराउँदा लथालिंग हुन पुगेको टिप्पणी केही नेताले गरेपछि श्रेष्ठको आक्रोश सार्वजनिक भएको हो।

प्रस्टीकरण दिइरहनुपर्ने हो ?
‘पार्टीभित्र दुईथरी नेता-कार्यकर्ता छौं, एउटा ‘जनयुद्ध’ थरी, अर्का जनआन्दोलन थरी। म दोस्रो थरी परें’, श्रेष्ठको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले  जानकारी दिए, ‘जनयुद्ध लडेर आउनेलाई सम्मान छ तर म अर्का थरीले कहिलेसम्म आफू नथरी भएको भनी प्रस्टीकरण दिइरहनुपर्ने हो ?’
बदलिएको राजनीतिक परिवेशअनुसार पार्टी निर्माणका लागि व्यापक मात्रामा नयाँ पुस्तालाई पार्टीमा भित्र्याउनुपर्ने र परिचालन गर्नुपर्नेमा श्रेष्ठको जोड थियो।

बन्दुक नबोक्दैमा क्रान्तिकारी नै नहुने हो ?
हाम्रो पार्टीमा सधैं ‘जनयुद्ध’मा सहभागी भएको भनेर थर्काउने गरिन्छ। माक्र्स, एंगेल्सले बन्दुक बोकेका थिए ? उनीहरू क्रान्तिकारी होइनन् ? बन्दुक नबोक्दैमा क्रान्तिकारी नै नहुने हो ? ’ श्रेष्ठको प्रश्न थियो।

प्रवृत्तिसँग असहमत
उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहालको अन्धप्रशंसा गर्ने प्रवृत्ति रहेको भन्दै नेतृत्वको अचाक्ली प्रशंसासँग आफू असहमत रहेको पनि बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको