महिला पनि के कम ?

kkkkkkkkkk-750x406काठमाँडौ–आजभोलिका नारी कोही भन्दा केही कुरा पनि कम छैनन् । सातदोबाटो स्थित स्विमिङपुल कम्पलेक्समा आज रेसनारी नेसनल च्याम्पियनसिपमा भाग लिने ती ३० जना नारीहरुलाई देख्दा जो कोहीलाई पनि यस्तै महसुस हुन्छ । उक्त रेसिङ च्याम्पीयनसिपमा ३० जना महिला राइडरले ११० सि सि को होन्डा नाभी कुदाएका हुन् । प्रतियोगितामा बिजयी खेलाडीहरुलाई क्रमश रु १० हजार, ७ हजार र ५ हजार, शिल्ड र प्रमाणपत्र प्रदान गरिने छ । ‘वुमेन इन स्पोर्टस एण्ड एडभेन्चर्स’ भन्ने देशव्यापी अभियान सञ्चालन गरिरहेको नेपाल अटोमोबाइल असोसिएसन अन्र्तगत नेपाल मोटरसाइकल फेडेरेसन क्लबले यो प्रतियोगिताको आयोजना गरेको हो । नेपालकै लागी नयाँ, रोमाञ्चकारी र साहसिक यो खेल विशेष गरी महिला बाइक राइडरहरुलाई लक्षित गरी सञ्चालन गरिएको हो ।

 

 

photo

NOC1-250x300