महानगरपालिकामा दिनहुँ २० मोटरसाइकल कारबाहीमा

वैशाख २९, काठमाडौं – काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा अनधिकृत स्थानमा पार्किङ गरिएका २० भन्दा बढी मोटरसाइकल र स्कुटर चालक दिनहुँ कारबाहीमा पर्ने गरेका छन् ।

महिनामा लगभग ६ सय दुई पांग्रेमाथि कारबाही हुने गरेको खबर आजको कान्तिपुरमा छ ।

काठमाडौं महानगरपालिका नगर प्रहरी पोस्ट रामशाहपथका सई राजेन्द्र देवकोटाका अनुसार आव २०७३ ७४ को ९

महिना बित्दासम्म ५ हजार ६ सय ८ वटा मोटरसाइकल पक्राउ परेका छन् ।

कारबाहीमा परेका मोटरसाइकलबाट ५५ लाख ६३ हजार राजस्व उठाइएको छ ।

 

photo

NOC1-250x300