काठमाडौं, ११ असार । नेकपा एमालेले डडेल्धुरा जिल्ला, पर्शुराम नगर कमिटीका अध्यक्ष बहादुर महताको स्थानीय तहको निर्वाचनका क्रममा यही असार ८ गते पर्शुराम- ११ मा आयोजित आमसभालाई सम्बोधन गर्दै गर्दा हृदयाघातबाट निधन भएकामा दुःख व्यक्त गरेको छ ।
विसं २०२८ मङ्सिर २५ गते जन्मिएका नेता महताले यसअघि तीन कार्यकाल साबिकको जोगबुढा गाउँ कमिटीको सचिव हुनाका साथ दुई कार्यकाल जिल्ला कमिटी र जिल्ला सचिवालयको सदस्य भएर पार्टीमा नेतृत्व गरेका थिए ।
सशस्त्र द्वन्द्वका बेला राज्य पक्षबाट झुटा मुद्दा लगाएर थुनिँदा पनि महता बिचलित नभएर पार्टीका पक्षमा दृढतापूर्वक उभिनाका साथै त्यसबाट उम्किएपछि पार्टी काममा थप सक्रिय बनेको पार्टीले जनाएको छ । उनका चार छोरा र दुई छोरी छन् । पार्टीले दिवङ्गत महताप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । रासस
२० माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेतमाबेचिएकी छिन्। मानव
१९ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । आज बसेको केन्द्रीय
१९ माघ, विराटनगर । पूर्वप्रधानमन्त्री एव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘सीएनआई कोसी एक्स्पो
१९ माघ,भक्तपुर । भक्तपुर लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर बालिका र युवती बलात्कार गरेको आरोपमा
१८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ
१८ माघ, काठमाडौं । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जति धेरै जनतामा सूचनाका हकको