मन्त्रिपरिषद बैठकमा मुख्यसचिव र मन्त्रीबीच बाझाबाझ

Cabinet-Meeting-810

२५ बैशाख, काठमाडौं । एक सहसचिवलाई लिएर मन्त्रिपरिषद बैठकमा मन्त्री र मुख्यसचिवबीच बाझाबाझ भएको छ । झण्डै हात हालाहालको अवस्था आएपछि बैठकको अध्यक्षता गरिरहेका प्रधानमन्त्री प्रचण्डले हस्तक्षेप गरेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा विज्ञान तथा प्रविधिमन्त्री प्रेमबहादुर सिंहले सहसचिव रामआधार साहलाई प्रशासन समूहमा ल्याउन प्रस्ताव गरेका थिए । उनी प्राविधिक समूहका हुन् । उनलाई प्रशासन समूहमा पटक-पटक प्रस्ताव आएपछि मुख्य सचिव सोमलाल सुवेदीले रोक्दै आएका थिए ।

सोमबारको बैठकमा पनि उनले यो प्रस्तावको विरोध गरे । प्राविधिक समूहमा नै जनशक्ति अभाव रहेको भन्दै उनले साहलाई प्रशासन समूहमा ल्याउन नहुने बताए ।

मुख्यसचिव सुवेदीले यसो भनिरहँदा वातावरणमन्त्री सिंहले ‘तपाई चुप लाग्नुस्’ भनेका थिए ।

लगतै सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी जंगिए । अंग्रेजीमा बोलेका उनले मुख्यसचिव सुवेदीमाथि व्यक्तिगत रुपमा साहलाई रोकेको आरोप लगाए । पछिल्लो ६/७ महिनादेखि नै साहलाई मुख्यसचिवले रोकेको उनको आरोप थियो ।

तर, मुख्यसचिवले मन्त्रीको आरोपको खण्डन गरे । आफूले सिस्टम जोगाउन खोजेको उनको तर्क थियो ।

एक मन्त्रीले भने, ‘त्यसपछि सबै बोल्न थाले र बाझाबाझको अवस्था सिर्जना भयो । झण्डै हात हालाहालकै अवस्था आएपछि प्रधानमन्त्रीले हस्तक्षेप गर्नुभयो ।’

प्रधानमन्त्री प्रचण्डले मध्यमार्गी बाटोका रुपमा परामर्शका लागि लोकसेवा आयोगमा पठाउने बताए । यसका लागि प्रस्ताव चाहिने मुख्य सचिव सुवेदीले बताए ।

तर, उनको बोली भूईँमा खस्न नपाउँदै सामान्य प्रशासनमन्त्री बुढाथोकीले हातमै बोकेर ल्याएको छु भन्दै दिएका छन् । अब सहसचिव साहको समूह परिवर्तन गर्ने कि नगर्ने भन्नेमा लोकसेवा आयोगको परामर्श लिइने एक मन्त्रीले बताए ।

 

२०७४ वैशाख २५ गते १७:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्