मधेसी बाहुल्य क्षेत्रमै बढी मतदान : मतदाताले राति ८ बजेसम्म भोट हाले

morang-vote-election_8az9E5IbG2

दोस्रो चरणको स्थानीय निर्वाचनमा सुनसरीमा ७० प्रतिशत हाराहारीमा मत खसेको छ । 

जिल्लामा मधेसवादी दलको प्रभाव क्षेत्र दुहवी र इनरुवा नगरपालिकासँगै गढी, देवानगन्ज, हरिनगरा, बर्जु, केसी र भोक्राहा गाउँपालकिामा ८४ मत खसेको खबर आजको नागरिक दैनिकमा छ ।

बिहान ७ बजे अघिनै विराटनगरका मतदान स्थलमा मतदाताको लाम लागेको थियो ।

मतदाताको भीडका कारण मोरङ र सुनसरीका एक दर्जन मतदान केन्द्रमा मतदानको समय बढाइएको थियो ।

विराटनगरको पुसेट, कन्चनबारी, शिक्षा सदन, कोचाखाल, सरोचिया मतदान स्थलमा राति ८ बजेसम्म मतदान भयो ।

मोरङमा ७० प्रतिशत मतदान भएको छ ।

 

photo

NOC1-250x300