July 14, 2017

मतदाता नामावली संकलनको समय बढाउन कांग्रेस-माओवादीको माग

election-commission-nepal३० असार, काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले फोटोसहितको मतदाता नामावली संकलनको समयसीमा साउन महिनाभर बनाउन माग गरेका छन् ।

उनीहरुले स्थानीय तहमै मतदाता नामावली संकलनको व्यवस्था मिलाउन र आफू बसेकै जिल्लाबाट पनि नाम दर्ता गर्न पाउनुपर्ने माग समेत छन् ।

 

आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै साउन १ गतेदेखि १५ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलनको समयसीमा तोकेको छ ।

शुक्रबार प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवलाई छुट्टा छुट्टै भेटेका कांग्रेस र माओवादीका नेताहरुले आयोगले दिएको १५ दिनको समयसीमा अपुग हुने भन्दै अझै १५ दिन थप्न माग गरेका थिए ।

भेटपछि कांग्रेस नेता बालकृष्ण खाँणले विदेशमा रहेका नेपालीलाई कसरी मतदानमा सहभागी गराउन सकिन्छ र त्यसका लागि त्यहाँ नै मतदाता नामावली संकलन गर्न सकिन्छ कि सकिँदैन भन्नेबारेमा पनि छलफल भएको जानकारी दिए । कांग्रेसको टोलीमा नेताहरु आनन्दप्रसाद ढुंगाना, रामहरि खतिवडा, महेन्द्र यादवलगायत थिए ।

यसैगरी, नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले पनि पार्टीको तर्फबाट नामावली संकलन ७४४ स्थानबाटै हुने तथा त्यसका लागि समयावधि बढाउन आयोगसँग आग्रह गरेका थिए ।

आयोगका कायम मुकामय सचिव महेश्वर न्यौपाने ७४४ स्थानीय तहमा पुगेर मतदाता नामावली संकलन, आफू रहेको जिल्लाबाट आफ्नो स्थायी ढेगाना भएको स्थानमा मतदान गर्ने व्यवस्थाका लागि नाम दर्ता र १५ दिनका लागि तोकिएको समय अपुग भएकाले बढाउन राजनीतिक दलका नेताहरुले आयोगको ध्यानाकर्षण गराएको जानकारी दिए ।

निर्वाचन आयोगले यसअघि नै साउन १ गतेदेखि १५ गतेसम्म सबै जिल्लास्थित निर्वाचन कार्यालयहरूमा मतदाता नामावली संकलन गर्ने निर्णय गरिसकेको छ । आयोगले सो अवधिमा मतदाता नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटि भएको भए त्यो सच्याउन, दोहोरो नाम हटाउन वा स्थान परिवर्तन गर्न सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको