काठमाडाैं, असार ५ : भारत संयुक्त राष्ट्रसंघको शक्तिशाली सुरक्षा परिषदमा दुई वर्षका लागि अस्थायी सदस्यमा निर्वाचित भएको छ । बुधवार भएको निर्वाचनमा १९३ सदस्यीय महासभामा भारतले १८४ मत पाएको हो ।
भारतसँगै आयरल्यान्ड, मेक्सिको र नर्वे पनि अस्थायी सदस्यमा निर्वाचित भएका छन् । मतदानमा १९२ सदस्य राष्ट्र उपस्थित थिए । दुईतिहाइ बहुमतका लागि १२८ मत आवश्यक थियो । भारतले १८४ मत पायो भने क्यानडाले चुनाव हार्यो । भारतका विरुद्ध कसैले पनि मत दिएन । नेपालले पनि भारतकै पक्षमा मत दिएको थियो ।
भारतले एसिया प्रशान्त क्षेत्रका सदस्य मुलुक सबैको भोट पाएको थियो । चीन र पाकिस्तानले पनि उसको पक्षमा मत दिएका थिए । सुरक्षा परिषद्का स्थायी सदस्यहरू चीन, फ्रान्स, रुस, बेलायत र अमेरिका हुन् भने अहिले अस्थायी सदस्यहरू इस्टोनिया, नाइजर, सेन्ट भिन्सेन्ट यान्ड द ग्रेनाडिन्स, ट्युनिसिया र भियतनाम छन् ।
नेपाल पनि सन् १९६९–७० र १९८८–८९ मा सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भएको थियो । पञ्चायतकालमा त्यसरी विजय भएको नेपाल बहुदल लागेपछि भएको निर्वाचनमा चाहिँ लज्जास्पद रूपमा पराजित भएको थियो ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको