‘भारतीय मिडियाको छटपटीले नेपालको दाबीलाई बलियो बनाउँछ’

जेठ ८ , काठमाडौं: नेकपा स्थायी समिति सदस्य तथा प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले भारतीय सञ्चार माध्यमको छटपटीले कालापानीमाथि नेपालको दाबी बलियो बनाएको बताएका छन्। नेपालले कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि भारतीय सञ्चार माध्यमहरूले अफवाह फैलाउने प्रयास गरिरहेका छन्।

99140435_1553259248163286_6378271934890639360_n
विशेष गरी नेपाल चीनको उक्साहटमा लागेको विषयलाई उनीहरूले प्राथमिकताका साथ उठाइरहेका छन्। एबिपी न्यूजले बुधवार अभिनेत्री मनीषा कोइरालाविरुद्ध तुच्छ टिप्पणी समेत गरेको थियो। नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्विट रि–ट्विट गर्दै मनीषाले नेपालको नयाँ नक्सा स्वीकृत गरेर आवश्यक कदम उठाएकोमा धन्यवाद व्यक्त गरेकी थिइन्। उनले यो पनि लेखेकी थिइन्, ‘अब तीन महान् देशले सम्मानजनक र शान्तिपूर्ण रूपमा संवादमा समाधान गर्नुपर्छ।’भारतीय सञ्चारमाध्यमले इतिहासदेखि लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतको थियो भन्ने दाबी गरेर निम्न स्तरको टिप्पणी गरिरहेका छन्। यदि नेपालको दाबी कमजोर र आधारहीन भएको भए भारतीय सञ्चारमाध्यम निम्न स्तरको बहसमा नउत्रिने पोखरेलको भनाइ छ। ऐतिहासिक तथ्य र प्रमाणका साथ नेपालले आफ्नो भूमिसहितको नक्सा जारी गरेपछि चीनले नेपाललाई उचालेको कुतर्क भारतीय सञ्चारमाध्यमे गरेको उनले बताए।

उनले फेसबुकमा भनेका छन्, ‘भारतीय मिडियामा भारतीय पक्षको जुन प्रकारको छटपटी देखिन्छ त्यसले नेपालको दाबीलाई नै बलियो देखाउँछ। यदि नेपालको दाबी कमजोर र आधारहीन भएको भए भारतीय मिडिया यति निम्न स्तरको बहसमा उत्रनुपर्ने थिएन। नेपाललाई चीनले उचालेर नक्सा सार्वजनिक गरेको भनेर कुतर्क गर्नुपर्ने थिएन।’

कालापानी लिपुलेकमाथि नेपालले दाबी गरेको आधार बलियो भएका कारण भारतीय सञ्चारमाध्यममा आधार र तर्क राखेर बहस गर्ने आँट नभएको उनको भनाइ छ। भारतीय सञ्चारमाध्यम यस विवादको आधार र पृष्ठभूमिका बारेमा भारतीय जनतालाई गुमराहमा राख्ने प्रयत्नमा लागेको छन्। नेपालको दाबीको आधार प्रस्तुत नगरी एकलौटी रूपमा आफ्नो भूमि देखाउने प्रयासमा भारतीय सञ्चारमाध्यम लागेको उनको भनाइ छ।

उनले भनेका छन्, ‘भारतले त पाँच वर्ष पहिले नै चीनलाई उक्त सडकबाट व्यापार गर्न सहमत गराएकै थियो। तर नेपालको आधार बलियो भएको र नेपालले तत्काल असहमति जनाएका कारणले चीनले यतिवेला द्विपक्षीय वार्ताबाट समस्या समाधान गर्न भन्नु परेको हो। भारतीय मिडियाले नेपाल पक्षको दाबीको आधार प्रस्तुत नगरी एकलौटी भारतीय भूमिलाई नेपालले आफ्नो नक्सामा देखायो भनिरहेका छन्। उनीहरू यस विवादको आधार र पृष्ठभूमिका बारेमा भारतीय जनतालाई गुमराहमा राखिरहेका छन्। त्यही भएर त सम्माननीय प्रधानमन्त्रीले भारतको प्रतीक चिन्हलाई सङ्केत गर्दै भन्नु परेको हो- ‘सत्यमेव जयते कि सिंहमेव जयते’ ? आशा गरौँ ‘सत्यमेव जयते’ नै हुनेछ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास