भक्तपुरको नगरपालिकामा एमालेको अग्रता

spotlight-PM-KP-Oli

भक्तपुर, १ जेठ– नेकपा एमालेका अध्यक्ष केपी ओलीले मतदान गरेको भक्तपुरको सूर्यविनायक नगरपालिकाको मेयरमा एमालेका उम्मेदवारले अग्रता देखाएका छन् ।

पछिल्लो मतपरिणामअनुसार मेयरमा एमालेका उम्मेदवारले २१९, कांग्रेसका उम्मेदवारले १८३, राप्रपाका उम्मेदवारले ९१ र माओवादी केन्द्रका उम्मेदवारले १६ मत प्राप्त गरेका छन् ।

उपमेयरमा एमालेका उम्मेदवारले २२९, नेपाली कांग्रेसका उम्मेदवारले १६३ र राप्रपाका उम्मेदवारले १०५ मत प्राप्त गरेका छन् ।

 

 

photo

NOC1-250x300