साउन २२, बेलबारी : समुदायमा कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिएपछि मोरङका स्थानीय निकायहरुले धमाधम लडकाउन गर्न थालेका छन ।
कोरोनाको संक्रमण र रोकथामका लागि बिहिबार बिहानबाट सुन्दरहरैचा नगरपालिका र बिहिबार मध्यरातिबाट बेलबारी नगरपालिकाले लकडाउन घोषणा गरेका छन । बिराटनगर महानगरपालिकाले ४ दिनअघिदेखि नै लडकाउन गरिसकेको छ भने रतुवामाई नगरपालिकाले समेत बुधबारबाट लडडाउन गरिसकेको छ ।
बेलबारी नगरपालिकाले २०७७ साउन २२ गते राति १२ बजे देखी ३२ गते सम्म लकडाउन गर्ने बुधबार निर्णय गरेको छ । बुधबार कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगर समन्बय समितिका संयोजक ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा बसेको वैठकले लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन लाई कडाई गर्ने समेत समितिले निर्णय गरेको छ । औषधी पसल, अस्पताल, क्लिनिक, दुधडेरी, पेट्रोलपम्प ,पानिजन्य उद्योग, भेटेनरी भन्दा अन्य पसलहरु बन्द गर्ने निर्णय गरेको छ ।
बेलबारी नगरपालिका क्षेत्र भित्रका साप्ताहिक लाग्ने हाट बजार, नगरपालिका क्षेत्र भित्रका सरकारी कार्यालय,बैक बित्तिय सस्था, सहकारी सस्थाबाट प्रबाहा हुने सेवा , यातायातका साधनहरु , बेलबारी नगरपालिकाका कार्यालय र सो अन्र्तगत रहेका वडा कार्यालयको दैनिक प्रशासनिक सेवा बन्द गर्ने निर्णय गरेको छ । यस्तै नगर क्षेत्र भित्रका स्वास्थ्य शाखा,भेटेनरी शाखा, तथा अत्यावश्यक सेवा प्रबाहा सुचारु गर्ने समेत निर्णय गरेको छ ।
उता सुन्दरहरैचा नगरपालिकाले । ९ दिनका लागि लकडाउन गर्ने निर्णय मंगलबार बसेको कार्यपालिका बैठकले गरेको हो । २२ गते बिहीबारदेखि लागू हुने गरी होटल, ब्युटीपार्लर, सैलुन, फुटसल, जिमखाना, हटिया, बजार, सार्वजनिक यातायात बन्द हुने भएका हुन् ।
त्यस्तै, नगरपालिका कार्यालय र वडा कार्यालयबाट हुने सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । अत्यावश्यक काम हुनेले मास्क लगाएर मात्र हिँड्न पाइने बताइएको छ । लकडाउन साउन ३० गते शुक्रबारसम्म हुने निर्णय भएको छ । यो सँगै जिल्लाका केराबारी लगायत अन्य स्थानिय पालिकाहरुले समेत लकडाउन घोषणा गरिसकेका छन ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको