May 4, 2020

बालुवाटार वैठक सकियो, अन्तत: पुरानै सहमतिमा जाने ओली- प्रचण्डको निर्णय

download (1)

काठमाडौं, २२ वैशाख ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच जारी छलफल सकिएको छ । सोमबार अपराह्न सकिएको छलफलमा अध्यक्षद्वय मंसिर ४ गते भएको सहमति कार्यान्वयन दृढतापूर्वक लागू गर्ने निष्कर्षमा पुगेको बताइएको छ ।

मुख्यत: मंसिर ४ गतेको सम्झौता पालना गर्ने र सरकार र पार्टी सञ्चालन परामर्शमा गर्ने समझदारी बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नयाँ सहमतिअनुसार अध्यक्षद्वयको वरियताक्रम यथावत रहनेछ भने ओली सरकारको काममा र प्रचण्ड पार्टीको काममा केन्द्रित हुनेछन् ।

पार्टीका बैठकहरु संयुक्त अध्यक्षतामा सञ्चालन गर्ने र आमरुपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने सहमतिलाई आउँदा दिनमा लागू गर्ने समझदारी बनेको छ । ओली पाँचै वर्ष प्रधानमन्त्री रहनेछन् भने पार्टी र सरकार सञ्चालनमा अध्यक्षद्वयले आपसी सल्लाह गरेर अगाडि बढ्ने सहमति भएको बताइएको छ ।

अध्यक्षद्वयले पार्टी सञ्चालन गर्दा वैधानिक व्यवस्था र कमिटी प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भने पनि माधव नेपाल पक्षले उठाएको एक व्यक्ति एक पदको बारेमा भने कुनै समझदारी कायम गर्न सकेका छैनन् । नेपाल समूहले २५ गतेको स्थायी समिति बैठकमा उक्त एजेन्डालाई प्राथमिकताको साथ उठाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप

पूर्वराजाका गतिविधिमाथि निगरानी,  सुरक्षाकर्मी कटौती

 चैत १७, काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ  सशस्त्र प्रहरी बल (एपिएफ) को

झुटो इतिहासले उब्जेको तनाव

 ८ चैत २०८१, शुक्रबार चियाको कपमा तुफान भन्ने टुक्का त आफैँले पनि कति ठाउँमा प्रयोग

गठबन्धन सरकारलाई एकताबद्ध भई अगाडि बढाउन आवश्यक

रुपन्देही  १९ , फागुन।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा