३ भदौ, सिरहा – सिरहाका बाढी तथा डुवान प्रभावित क्षेत्रमा झाडा पखालाको माहामारी फैलिएको छ । औरहीमा मात्र झाडापखालावाट २० भन्दा बढी बालवालिका सहित ६३ जना गम्भिर रुपमा विरामी परेका हुन । झाडा पखाला फैलिए पछि जिल्ला स्वास्थ्य कार्यालय सिरहाले औरहीमा स्वास्थ्य शिविर संचालन गरेको छ । शिविरमा ६३ जनाकै उपचार भईरहेको छ ।
त्यसैगरी लहान नगरपालिका एकको मुसहर वस्तीमा पनि झाडा पखाला फैलिएको छ । स्वास्थ्य कार्यालय सिरहाले सो ठाउँमा पनि स्वास्थ्यकर्मी पठाई विरामीहरुको उपचार सुरु गरिएको जनाएको छ ।
जिल्लाको ईटारी प्रशाहीमा र सुखिपुर क्षेत्रमा पनि स्वास्थ्य शिवीर संचालन गरिएको छ । बाढी तथा डुवान क्षेत्रमा रोग व्याधीको महामारी फैलिन नदिन खानेपानी तथा सर सफाई कार्यालय लहानले सर सफाई सम्बन्धि जनचेतनामुलक कार्यक्रमहरु संचालन गरिरहेको छ ।
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास