बनेपामा विजय उत्सव मनाउँदै ओली

kp-oli-3

 

banepa-uml-sava-768x468

५ जेठ, काभ्रे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो चरणको स्थानीय चुनावको परिणामले एमाले कार्यकर्ताले अझै मेहनत गर्नुपर्ने देखाएको बताएका छन् ।

नगर चुनावको इतिहासमै पहिलो पटक बनेपा नगरपालिकामा एमालेले जितेपछि विजय उत्सवमा सहभागी हुन बनेपा पुगेका ओलीले भने, ‘बिग्रिसकेको कांग्रेसले किन यत्रो भोट ल्यायो ? हामीले अझै जनतालाई बुझाउन सकेका रहेनछौं ।’

 

महासचिव र्इश्वर पोखरेल समेतलाई लिएर बनेपा पुगेका ओलीले बिजयसभालाई सम्बोधन गर्दै कांग्रेसले प्राप्त गरेको मत बढि भएको बताए । उनले भने,’कुनै सिद्धान्त र बिचारबाट च्यूत भइसकेको कांग्रेसको बारेमा जनतालाई प्रष्ट पार्न बाँकी नै रहेछ, हामीले अझै मेहनत गर्नुपर्ने भयो ।’

उनले अघि भने, ‘एमालेले यति धेरै काम गरेको छ, राष्ट्रियताको पक्षमा अडान लिएको छ । यति गर्दापनि कांग्रेस कसरी एमालेको हाराहारिमा आयो ?कार्यकर्ताले अझै मेहनत गर्नुपर्ने भएको छ ।’

अध्यक्ष ओलीले चुनावमा सत्तारुढ दलले आतंक मच्चाए पनि एमालेले एक ठाउँमा पनि आतंक नमच्चाएको दाबी गरे । उनले एमालेले अब बनेपालाई आधुनिक शहर बनाउने दाबी गरे । ‘यसअघि लक्ष्मी नरसिंह बादेलाई किन जिताएनछौं भनेर तपार्इहरुलाई पश्चताप हुने वाला छ’ ओलीले भने, ‘अब हामीले बनेपालाई बनाएर देखाउँछौं ।’

नेपाली कांग्रेसको गढ मानिएको काभ्रेको बनेपा नगरपालिकामा एमाले उम्मेदवार विजयी भएपछि विजय जुलुसमा सहभागी हुन एमाले अध्यक्ष केपी ओली बनेपा पुगेका थिए ।

नेपा काङ्ग्रेसको  पकेट क्षेत्र  मानिन्थ्यो  । संविधानसभा ३ मा त्यहाँबाट नेपाली कांग्रेसका कन्चनचन्द्र वादे विजयी भएका थिए र उनी उद्योग राज्यमन्त्री छन् । वनेपाको वडा न ३, ४, ५, ६, ७, १०, ११, १२ र १३ वडाध्यक्ष एमालेले  जितेको छ भने वडा नम्बर १, २, ८, ९ र १३ मा कांग्रेसले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

सैनिक अदालतले संवेदनशील मुद्दामा पीडितको गोपनीयता उल्लंघन गर्नु न्यायोचित नहुने

काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ