काठमाडौँ, वैशाख १२ – नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालबीच एकीकरण हुने भएको छ । एकीकरण प्रकृयाको शुरुवातसँगै ती दुई दल एउटै पार्टी एउटै मसाल चिन्हमा चुनाव लड्ने भएको छ ।
मसाल छाप उपेन्द्र यादव नेतृत्वको फोरम नेपालको रहेको छ ।
आज दुवै पार्टीले सो चुनाव चिन्हबाट चुनाव लड्ने जानकारी आयोग पनि गराइसकेको छ ।
यसअघि चुनाव चिन्ह नपाएको भन्दै नयाँ शक्ति नेपालले आन्दोलन गर्दै आइरहेको थियो ।
फोरम नेपाल स्रोतका अनुसार बैशाख १९ गतेभन्दा पहिले दुई दलबीच एकीकरण हुने निश्चित भएको छ ।
लगभग उपेन्द्र यादव नै अध्यक्ष रहने सहमति भएको छ यद्यपी यस विषयमा दुई दलका अध्यक्षहरु आपसमा बसेर टुंग्याउन बाँकी छ ।
चुनाव चिन्ह फोरम नेपालको रहनेछ भने झण्डा नयाँ शक्ति नेपालको रहने तय भइसकेको छ ।
मधेशी मोर्चामा आवद्ध छ दलले एकीकरण गरेपछि यी दुई दलबीचमा एकीकरणका लागि दवाव परेको बताइएको छ ।
यी दुई दलमा एकीकरण नभए मधेशमा समस्या हुने विश्लेषण गरेर नै यी दुई दल एकीकरणका लागि तयार भएको स्रोतको दावी छ ।
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा