प्रधानमन्त्री देउवाको सफल भारत भ्रमण

प्रधानमन्त्री शेरबहादर देउवाको हालैको ५ दिने भारतको उपलब्धिका सम्बन्धमा विश्लेषण सुरुभएको छ । प्रधानमन्त्री देउवाको भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा पहिलेदेखिका सहयोगका प्रतिबद्धता कार्यान्वयन हुने सकारात्मक संकेत भारतले  दिएको छ । सामान्यतया भारतले विदेशी सरकार प्रमुखको स्वागतका लागि राज्य मन्त्रीलाई विमानस्थल पठाउँछ । यसपटक नेपालका प्रधानमन्त्रीलाई भने विदेश मन्त्री स्वागतका लागि विमानस्थल पुगेकी थिइन् । 

दुई देशका प्रधानमन्त्रीबीच औपचारिक दुईपक्षीय वार्तासँगै ‘वान अन वान’ अर्थात् एक्लाएक्लै वार्ता पनि हुन्छ । तर यसपटक निर्धारित कार्यतालिका बाहेक अघिल्लै दिन आफ्नै निवासमा  आमन्त्रण गरेर हुने प्रधानमन्त्री देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच एक्लाएक्लै वार्ता भयो । यसले विशेष निकटता प्रर्दशन गरिएको र भ्रमणलाई उच्च प्राथमिकता दिएको संकेत गर्छ । त्यसैले नेपाल भारत सम्बन्ध सुमधुर बनाउन भ्रमण सफल रह्यो भन्ने आधार देखिएका छन् । 

संविधान जारी भएपछि भारतबाट प्रकट भइएको असन्तुष्टिले नेपाल भारत सम्बन्धलाई निकै चिसो बनाएको हो । यही चीसो बढेर नाकाबन्दीसम्म पुग्यो । नाकाबन्दी हटेपछि पनि संविधानप्रति भारतले असन्तोष प्रकट गरिरहेको थियो । तर, देउवाको भ्रमणमा भारतीय प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत केही पहिले स्थानीय निर्वाचन भएकोमा बधाइ दिएर प्रादेशिक र प्रतिनिधि सभाको निर्वाचनमा सहयोग गर्ने वचन दिए । यसलाई नेपालको संविधान कार्यनवयनमा समर्थन गरेको स्पष्ट संकेत मान्न सकिन्छ । 

देउवाको भ्रमणले चिसिएको दुई देशको सम्बन्धलाई सुमधुर बनाउन मद्दत पु¥याउनेछ । यो भ्रमणको अर्को महत्वपूर्ण उपलब्धि भुटानको दोक्लाम प्रकरणमा भारत र चीन दुवैप्रति असंलग्न रहने नेपालको नीतिप्रति भारत बेखुसी नहुनु पनि हो । प्रधानमन्त्री देउवाले दोक्लाम प्रकरणमा नेपाल तटस्थ रहेको स्पष्ट सन्देश दिएै पनि मोदीले प्रकट गर्ने आतिथ्य, उच्च प्राथमिकता र संविधान कार्यन्वयनका लागि सहयोगको प्रतिबद्धतामा कमी देखिएन । 

प्रधानमन्त्री देउवाको यो भ्रमण विकास र लगानीका दृष्टिले पनि सफल भएको छ । विगतमा भारतसंग सम्झौता भएका तर काम अघि बढ्न नसकेका परियोजनालाई गति दिने र पञ्चेश्वर बहुउद्देश्यीय परियोजना को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) एक महिनाभित्र टुङ्गयाउनेलगायतका विषयमा प्रतिबद्धता व्यक्त भएका छन् । देउवा नै प्रधानमन्त्री भएका बेला २०५२ सालमा महाकाली सन्धि भएको थियो । 

दुवै प्रधानमन्त्रीले कटैया–कुसहा एवं रक्शौल–परवानीपुर १३२ केभी प्रसारण लाइनको उद्घाटन समेत गरे । यो प्रसारण लाइनको उद्घाटन संँगै अव नेपालमा १ सय मेगावाट विद्युत् थप आयात गर्न सकिनेछ । 

त्यस्तै प्रधानमन्त्री देउवा र मोदीका बीचको औपचारिक र अनौपचारिक भेटपछि बिभिन्न आठवटा सम्झौता कार्यान्वयन पत्रमा हस्ताक्षर गरिएको छ ।  नेपालमा गएको भूकम्पपछिको पनर्निर्माणको क्षेत्रमा भारतले दिएको सहयोगको उपयोग गर्ने ढाँचा अन्तर्गत भूकम्प प्रभावित जिल्लामध्ये नुवाकोट र गोरखामा ५० हजार घर निर्माणका लागि सहयोग गरिने भएको छ । यसका लागि भारतले नेपाललाई १० करोड अमेरिकी डलरबराबरको सहयोग उपलब्ध गराउनेछ । त्यसैगरी भूकम्पले क्षति पुर्याएको सम्पदाको निर्माण, स्वास्थ्य चौकी भवन निर्माण तथा शिक्षा क्षेत्रका लागि पाँच पाँच करोड रकम भूकम्पको पुनर्निर्माणमा सहयोग गर्ने पत्र आदानप्रदान गरियो । त्यस्तै अर्को सम्झौता अवैध लागु पदार्थको ओसारपसार नियन्त्रण र निरुत्साहित गर्ने सम्बन्धी रहेको छ । त्यस्तै नेपाल र भारतका उत्पादनलाई समानरूपमा गुणस्तर तथा नाप तौल प्रमाण चिन्हलाई मान्यता दिने सम्झौताअनुसार दुवै देशका उत्पादित वस्तुको गुणस्तर चिह्नलाई दुवै देशले मान्यता दिनेछन् । अर्को सम्झौता मेची पुलको स्तरोन्नति एवं पुनर्निर्माण रहेको छ । नेपाल र भारतका चार्टर एकाउन्टेन्टको विषयमा पनि सम्झौता भएको छ । 

दुवै देशले आआफ्नो भूमि एक अर्काविरुद्ध प्रयोग हुन नदिने, एकीकृत सुरक्षा जाँच प्रणालीअन्तर्गत भैरहवा र नेपालगञ्जमा पनि निर्माण कार्य अघि बढाउने, पेट्रोलीयम पदार्थको पाइपलाइन निर्माण एवं एलपी ग्यासको पाइप लाइन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमान स्थल निर्माण गर्न, वीरगञ्ज रक्सौल सीमानामा मैत्री पुल बनाउन, रेल वे परियोजनालाई छिटो सम्मपन्न गर्ने प्रतिबद्धतासमेत संयुक्त वक्तव्यमा परेको छ । संयुक्त वक्तव्यमा प्रकट भएका यी प्रतिबद्धताले भारतले देखाएको सदाशय र उच्च प्राथमिकता भने स्पष्ट भएको छ । 

भारतको बदलिएको पछिल्लो नीति देउवा भ्रमणका लागि उपयोगी बन्यो । भारतका प्रधानमन्त्री मोदी पहिलो पटक नेपाल भ्रमणमा आउँदा नेपालीले उच्च सद्भाव देखाएका थिए । नाकाबन्दप्पछि भने नेपालमा उनको छवि नराम्ररी खस्केको छ । पक्कै पनि प्रधानमन्त्री मोदी यसका बारेमा अनभिज्ञ छैनन् । अरुण तेस्रोको शिलान्यास समारोहमा आउन देउवाले मोदीलाई आमन्त्रण पनि गरेका छन् । 

भारतका प्रधानमन्त्री मोदी वा भारतको आफ्नै आन्तरिक कारणले होस् वा वर्तमान नेपाल सरकारको सन्तुलित कूटनीतिक सम्बन्धले होस् देउवाको यस पटकको भारत भ्रमण पछिल्ला भ्रमणहरूका तुलनामा उपलब्धिपूर्ण र सफल भएको घटना क्रमले पुष्टि गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको