प्रधानमन्त्रीले भने- चुनाव एकै चरणमा हुन्छ

Prachanda-with-Election-commissioner-768x460१७ चैत, काठमाडौं । मधेस प्रदेशमा स्थानीय तहको चुनाव दोस्रो चरणमा हुने चर्चा चलिरहेकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकै चरणमा देशभरि चुनाव हुने स्पष्ट पारेका छन् ।

चीनबाट स्वदेश फर्केको भोलिपल्ट विहीबार प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयुक्तहरुलाई बालुवाटारमा बोलाएर छलफल गरेका छन् । सो छलफलमा प्रधानमन्त्रीले बैशाख ३१ गते एकै चरणमा निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्रीले निर्वाचनका लागि राजनीतिक वातावरणसमेत बन्ने भन्दै आयुक्तहरुलाई विश्वस्त गराएका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बिहीबार आयोगका प्रमुख आयुक्तसहित सबै आयुक्तहरु प्रधानमन्त्रीको निवास वालुवाटार पुगेका थिए । त्यस क्रममा निर्वाचन आयुक्तहरुले निर्वाचनका लागि अहिलेसम्म भएका तयारी र गर्न बाँकी कामहरुबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

आयुक्तहरुले अहिलेसम्म मतदाता नामावली तयार भएको, अधिकाशं मतदान केन्द्र तोकिसकेको, मतपत्र छाप्ने काम भइरहेको, मतपेटिका व्यवस्थापन र निर्वाचन सामाग्री लगायतका विषयमा जानकारी गराएका थिए ।

प्रधानमन्त्रीसँगको भेटपछि अनलाइनखबरसँग कुराकानी गर्दै आयुक्त नरेन्द्र दाहालले भने, ‘प्रधानमन्त्रीज्यूले अहिले देखिएका सबै राजनीतिक समस्या चाँडै समाधान हुन्छ, राजनीतिक अन्योलबारे विना चिन्ता निर्वाचनको तयारी गर्नुस् भनेर हामीलाई उत्साहित बनाएर पठाउनुभएको छ ।’

प्रमुख आयुक्त र आयु्क्तहरुलाई प्रधानमन्त्रीले यदि राजनीतिक सहमति नभएमा त्यसको पनि उपाय रहने बताएको आयुक्त दाहालले बताए । उनले अघि भने, ‘प्रधानमन्त्री ज्यूले कुनै हालतमा चुनाव नरोक्ने र त्यही अनुसार निर्वाचन तयारी बनाउन भन्नुभएको छ ।’

सरकारले बैशाख ३१ गते स्थानीय तहको चुनावका लागि मिति घोषणा गरे पनि विवादित दुई नम्बर प्रदेशमा बेग्लै मितिमा चुनाव हुने सक्ने अनुमान लगाइँदै आएका बेला प्रधानमन्त्रीले एकै दिन चुनाव गरिने स्पष्ट पारेका हुन् ।
यसैक्रममा चीनबाट फर्केकै दिन बुधबार प्रधानमन्त्री प्रचण्डले चुनाव हुँदैन कि भनेर प्रश्न नगर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्