प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुध्रँदै गएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
खोकी बढ्दै गएपछि र शरीरमा सुगरको मात्रा कन्ट्रोल नभएपछि मनमोहन कार्डियोथोरासिक एवम् भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा तीन दिनअघि भर्ना भएका प्रधानमन्त्री ओली शनिबारसम्ममा डिस्चार्ज हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीले स्वास्थ्य अवस्था ठीक हुँदै गएपछि बुधबारबाट अस्पतालको शैय्याबाटै काम थालेका थिए ।
अघिल्लो दिनको भन्दा स्वास्थ्य स्थिति सन्तोषजनक रहेको र बिहीबार बिहान गरिएको परीक्षणको रिपोर्ट सामान्य रहेको अस्पतालका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्रधानमन्त्री ओलीको उपचारमा प्राडा अरूण सायमीको नेतृत्वमा उनका निजी चिकित्सक प्राडा दिव्यासिंह शाह र शान्तकुमार दास सम्मिलित छन् ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको