नेकपाका नेतासमेत रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाभित्र सरकार ढाल्ने प्रयत्नहरु भइरहेकोतर्फ संकेत गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले सरकारलाई घेराबन्दी गरेर स्थिरताविरूद्ध चलखेल जारी रहेको बताएका छन् ।
‘हङ्ग पार्लियामेन्ट भयाे भनेर नेपाली जनताले दुई तिहाई संख्यामा नेकपालाई जिताइदिए, नाङ्गो भागबण्डाले त हङ्ग पार्टी पाे भएछ !’, उनले भनेका छन् ।
पार्टी एकता र त्यसपछिका सहमतिहरू उल्लंघन गर्दै षड्यन्त्र र छलछामहरू गर्ने सिलसिला चलिरहेको पनि उनले उल्लेख गरेका छन् ।
‘काेरनाका कारण उत्पन्न राष्ट्रिय संकटविरूद्ध जुधिरहेकाे र सफल ढंगले काम गरिरहेकाे सरकारलाई घेराबन्दी गरेर स्थिरताविरूद्ध जारी चलखेल, नेकपाकाे नाममा ! लज्जाशरणम् !!’, उनले लेखेका छन् ।
थापाले उल्लेख गरेका यी कुराहरुले नेकपाभित्र अहिलेको सरकारप्रति असन्तुष्टि चुलिएको र यो सरकारको विकल्पको खोजी भइरहेको प्रष्ट संकेत गरेको देखिन्छ ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको