people Nepal » प्रधानन्यायाधीश : न्यायपालिकाको मुल्यमान्यता सबैले मानौं प्रधानन्यायाधीश : न्यायपालिकाको मुल्यमान्यता सबैले मानौं – people Nepal

प्रधानन्यायाधीश : न्यायपालिकाको मुल्यमान्यता सबैले मानौं

काठमाडौं २६ वैशाख । प्रधानन्यायाधीश सुशिला कार्कीले न्यायपालिकाको मुल्यमान्यता सबैले मान्नुपर्ने बताएकी छन् ।

‘संवैधानिक सर्वोच्चता, कानुनी शासन र स्वतन्त्र न्यायपालिकाको मुल्यमान्यतामा सवैको ध्यान जार्नैपर्छ ’, मंगलबार कानुन दिवसको अवसर पारी उनले जारी गरेको सन्देशमा भनिएको छ, ‘नागरिकको संवैधानिक अधिकारका लागि न्यायपालिकाको मान्यतामा आँच आउन दिनु हुँदैन ।’

महाअभियोग प्रस्ताव दर्ता भइसकेपछि पहिलो पल्ट सार्वजनिक सन्देश जारी गरेकी उनको वक्तव्यमा भनिएको छ, ‘कानुनी हक अधिकारको सच्चा पहरेदारका रुपमा रहेको स्वतन्त्रता न्यायपालिकाको आधारस्तम्भ हो ।’ वक्तव्यमार्फत कार्कीले संवैधानिक सर्वोच्चता, कानुनको शासन र स्वतन्त्र न्यापालिकाको मूल्य मान्यता जर्गेना गर्ने दिशामा सम्बन्धित सबैको यथोचित प्रयास हुनुपर्ने अपेक्षा गरेकी छन् । कानुनको शासन एवं स्वतन्त्र न्यायपालिका स्थापनाका लागि जारी भएको प्रधानन्यायलय ऐन, २००८ लागू भएको दिनको सम्झनास्वरुप मनाउने यो दिवसले कानुनप्रतिको निष्ठा, संविधानप्रतिको बफादारिता एवम् राष्ट्रसेवामा जुट्ने प्रेरणा प्रदान गर्ने विश्वास उनको वक्तव्यमा उल्लिखित छ ।