प्रधानन्यायाधीशको नाम सिफारिस हुन सकेन

काठमाडौं । विपक्षी दलका नेताले अध्ययनका लागि समय माग गरेपछि प्रधानन्यायाधीश सिफारिस हुन सकेन । संवैधानिक परिषद्को सोमबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गोपाल पराजुलीलाई प्रधानन्यायाधीश सिफारिस गर्न प्रस्ताव गरेका थिए ।images

न्याय परिषदले प्रधानन्यायाधीशका लागि पराजुलीसहित ६ जनाको नाम सिफासिर गरेको छ । जसमा पराजुली सबैभन्दा बरिष्ठ हुन् । तर, पराजुलीको नाममा सहमति जुटेन । विपक्षी दलका नेता केपी शर्मा ओलीले अध्ययन गर्नुपर्ने समय माग गरेपछि कुनै निर्णय हुन सकेन । स्रोतका अनुसार ओलीले पराजुलीको उमेरका साथै शैक्षिक प्रमाणपत्रबारे विवाद रहेको भन्दै त्यसलाई पहिले टुंगाउनु पर्ने बताए ।

विपक्ष दलका नेताले समय माग गरेकाले प्रधानन्यायाधीश सिफारिसको निर्णय लिन नसकिएको उपसभामुख गंगाप्रसाद यादवले जानकारी दिए । वैधानिक परिषद्को अर्को बैठक असार १५ गते राखिएको छ । निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीले उमेर हदका कारण जेठ २४ गते अवकास पाइन् । त्यसयता सर्वोच्चका वरिष्ठ न्यायाधीश पराजुली नै कामु प्रधानन्यायाधीश छन् । तर, उनको उमेर विवाद थियो । कामु प्रधानन्यायाधीश भएपछि पराजुलीकै नेतृत्वमा वसेको न्याय परिषद्को बैठकले उनको माग अनुसार उमेर सदर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप

पूर्वराजाका गतिविधिमाथि निगरानी,  सुरक्षाकर्मी कटौती

 चैत १७, काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ  सशस्त्र प्रहरी बल (एपिएफ) को

झुटो इतिहासले उब्जेको तनाव

 ८ चैत २०८१, शुक्रबार चियाको कपमा तुफान भन्ने टुक्का त आफैँले पनि कति ठाउँमा प्रयोग

गठबन्धन सरकारलाई एकताबद्ध भई अगाडि बढाउन आवश्यक

रुपन्देही  १९ , फागुन।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा