प्रत्येक मतदान केन्द्रमा सेनाको वम डिस्पोजल टोली खटिने

pradesh-7-surakshya

१२ असार, डोटी । बुधबार हुने स्थानीय तहको निर्वाचनमा हुनसक्ने अपि्रय घटनालाई मध्यजनर गरी प्रदेश नम्बर ७ का सबै मतदान केन्द्रमा बम डिस्पोजल टोलीसहितको सुरक्षा व्यवस्था मिलाइएको क्षेत्रीय प्रशासक शिशिरकुमार ढुंगानाले बताएका छन् ।

 

स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षाको बस्तुस्थितिका बारेमा जानकारी गराउन डोटीको दिपायलमा गरिएको पत्रकार सम्मेलनमा क्षेत्रीय प्रशासक ढुङ्गानाले भने, ‘मतदान, मतपेटिका ढुवानी, मतगणना र बिजयउत्सवलाई समेत ध्यानमा राखेर हामीले सुरक्षा योजना वनाएका छौं’ ।

प्रत्येक स्थानीय तहमा एक बम डिस्पोजल टोलीको व्यवस्था गरिएको जानकारी दिँदै उनले भने, ‘प्रदेश भरिमा ९० बम डिस्पोजल टोली, एक माईन डिटेक्टिभ वहान र नेपाली सेनाको रेञ्जर फोर्स पनि तयारी अवस्थामा छ ।’

‘निर्वाचन सुरक्षाकाकारण सोमवारबिहानै देखि अन्तराष्ट्रिय सिमाना ७२ घण्टाका लागि शील गरेका छौं’ उनले भने ‘आन्तरिक (प्रदेश प्रदेशबीचको सिमाना) सिमाना पनि शील गर्नका लागि प्रदेश नं. ६ को सुरक्षा संयन्त्रसँग छलफल भइरहेको छ ।’

प्रशासक ढुंगानाले निर्वाचनका लागि तीन तहको सुरक्षा व्यवस्था मिलाइएको जनाए । ‘बिगतका अनुभवहरु र सुरक्षा अवस्थालाई ध्यान दिँदै यस प्रदेशका तीन सय १८ मतदान केन्द्रहरुलाई अति संबेदनशील र तीन सय ३७ केन्द्रलाई संवेदनशीलको सूचीमा राखेर सुरक्षा व्यवस्था मिलाएका छौं’ पत्रकार सम्मेलनमा ढुंगानाले भने ।

उनले यहाँका प्रत्येक मतदान केन्द्रहरुमा नेपाली प्रहरी र म्यादीसमेतको २० जनाको टोली हुने तथा सशस्त्र प्रहरी पनि परिचालन गरिने जानकारी दिए ।

एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरी ७ नं. प्रदेशमा रहेका ८८ स्थानीयको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि २२ हजार ७०५ सुरक्षाकर्मी परिचालनगरिएको ढुङ्गानाले जानकारी दिए ।

५ हजार १०० नेपाली सेना, ८ हजार २७८ नेपाल प्रहरी, ६ हजार ४७० म्यादी प्रहरी र २ हजार ६८८ साजै १२० जना राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी सुदूरपश्चिममा परिचालन गरिएको प्रशासक ढुंगानाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा सुरक्षा अवस्थाबारे जानकारी गराउँदै ढुङ्गानाले भने ‘हामीले मतदानस्थलदेखि मतदातको घर-घरसम्मको सुरक्षा व्यवस्था मिलाएका छौं ।’

८८ स्थानीयतहको चुनाव सम्पन्न गर्नका लागि एक हजार एक सय ९ मतदान स्थल र एक हजार सात सय ८१ मतदान केन्द्रमा मतदान हुनेछ । यस प्रदेशमा १३ लाख नौ हजार पाँच सय ४६ मतदाता रहेको ढुङ्गानाले जानकारी दिए ।

उनले भने ‘मतदान सम्पन्न गराउनका लागि १६ हजार आठ सय कर्मचारीहरु खटाइएका छन । सुरक्षा संबेदनशीलतालाई ध्यानमा राख्दै नेपाली सेनाको सुदूरपश्चिम पृतना मुख्यालय दिपायलमा हेलिकप्टर पनि तयारी अवस्थामा राखिएको छ ।’ हेलिकप्टरलाई जटिल अवस्थामा र संबेदनशील केन्द्रवाट मतपेटिका ढुवानीका लागि प्रयोग गरिने उनले वताए ।

मतगणनाका लागि प्रत्येक स्थानीय तहमा दुई टोली बनाइएको र चार दिनभित्र सवै स्थानीय तहको परिणाम घोषणा भइसक्ने पनि उनले वताए । निर्वाचनका क्रममा अवान्छित क्रियाकलापहरु हुन सक्नेतर्फ मध्यनजर गर्दै हालसम्म १६ जनालाई नियन्त्रणमा लिइएको ढुङ्गानाले वताए । उनले भने ‘मतदाताको पूर्ण रुपमा सुरक्षा हुन्छ, ढुक्क भएर मतदानगर्न जान म सवैलाई अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको