August 9, 2017

प्रचण्ड : दुबै चुनाव एकै पटक गर्ने

२५ साउन, बुटवल – एकीकृत नेकपा माओवादी केन्द्र पनि प्रादेशिक र संघीय चुनाव एकैपटक गर्ने पक्षमा उभिएका छन् ।

downloadमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुबै चुनाव एकै चरणमा पर्नु पर्ने बताएका हुन् । ‘यसो गर्दा संवैधानिक अप्ठ्यारो पनि पर्दैन,’ उनले भने, ‘निर्विवाद उपाय भनेको केन्द्र र प्रदेशको समानुपातिकको मत्रपत्र र बाँकी एउटै बनाउँदा मिल्छ ।’

 

प्रधानमन्त्री शेरबहादुर देउवाले दुबै चुनाव एकै चरणमा गर्ने प्रस्ताव अघि सार्दै आएका छन् । प्रमुख विपक्षी दल नेकपा एमाले पनि प्रधानमन्त्री देउवाकै लाइनमा देखिएको छ । माओवादी अध्यक्ष प्रचण्डले पनि समर्थन गरेपछि अब दुबै चुनाव एकै चरणमा हुने सम्भावना बढेको छ ।

यसबारे प्रमुख तीन दल केही दिनमै टुंगोमा पुग्ने उनले बताए । साथै चुनाव मंसिर पहिलो साता हुने दाबी गरे ।

राजपा चुनावमा नआए आफैं सिद्धिन्छ

माओवादी अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनमा राजपा सहभागी हुने बिश्वास ब्यक्त गरे । निर्वाचनमा नआए राजपाका लागि आत्मघाती हुने उनले दाबी गरे ।

वैद्य-बाबुराम-विप्लवसँग एकताको पहल

प्रचण्डले पार्टी बिभाजनको कारण स्थानीय चुनावमा माओवादीको अपेक्षित नतिजा नआएको बताए ।

पार्टी थप बलियो बनाएर अघि बढ्न सबैसँग छलफल भइरहेको भन्दै उनले भने, ‘वैद्य, बाबुराम, विप्लवसम्म पनि एकताको पहल भएको छ, सकारात्मक हुँदैछ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको