१ भदौ, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुर उपमहानगरपालिका वडा नम्बर १८ भोयलका २ सय बाढी पीडित परिवारलाई राहत सामग्री बितरण गरेका छन् ।
आज बिहान नेता मातृका यादवका साथमा जनकपुर पुगेका अध्यक्ष प्रचण्डले बाढी पीडित परिवारलाई चामल, दाल, तेल, नुन, चिनी, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामग्री राहतस्वरुप बितरण गरेका हुन् ।
राहत बितरण गर्दै अध्यक्ष प्रचण्डले नेपालीलाई दुख्दा सिङ्गो देश एक ढिक्का भएको बताउँदै बाढी पीडितको दुःखमा साथ दिन जनकपुर आएको बताए ।
उनले सरकार र पार्टीको तर्फबाट बाढी पीडितको सहयोगका लागि पहल गर्ने बताए । अध्यक्ष प्रचण्डले राहत र पुर्नस्थापनामा सत्ता पक्ष, प्रतिपक्ष नभनी काम गर्न सबै पार्टीलाई आब्हान गरे ।
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास