प्रचण्डलाई ओलीको प्रश्न- दोश्रो चरणको चुनाव नसकी किन राजीनामा दिएको ?

KP-Oli१३ जेठ , पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो चरणको निर्वाचन नसकी राजीनामा दिएको बताएका छन् ।

शनिबार नेकपा एमाले पोखरा लेखनाथ महानगर सङ्गठन कमिटीको आयोजनामा पोखराको अमरसिंहचौरमा आयोजित विजयोत्सव समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘छाड्ने र जाने हतार किन भएको हो ? दोश्रो चरणको चुनाव सकेर छाडेको भए हुन्थ्यो, खै किन हो हतार गरेर छाडेको, अनि कल्लाई हतार भएको हो सरकारमा जान ? हतारै भएपनि २० दिन कुरेको भएपनि हुन्थ्यो नि त ।’

अध्यक्ष ओलीले संविधान कार्यान्वयनका लागि दोस्रो चरणको स्थानीय तह, प्रादेशिक र सङ्घीय निर्वाचन सम्पन्न नहुँदासम्म सहमतिको वातावरणको विकल्प नभएको धारणा राखे ।

देशबाट गरिबी र पछौटेपन हटाउने, रोजगारीका अवसर सिर्जना गर्ने, जनतालाई समृद्धशाली र सुखी बनाउने सबैको एकमात्र लक्ष्य भएको उल्लेख गर्दै अध्यक्ष ओलीले सहमतिको वातावरण बने पनि एमालेले नेतृत्वको दावी नगर्ने जिकिर गरे ।

ओलीले आगामी माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्नुपर्ने राज्यको गहन दायित्वलाई मनन गरी राष्ट्रिय जनता पार्टीलाई सधैँभरि निहुँ नखोजी निर्वाचनमा सहभागी हुन आग्रह गरे । निर्वाचनपछि पनि जायज माग भए छलफल गरेर सम्बोधन गर्न सकिने उनको भनाइ थियो ।

एमालेविरुद्ध चारैतिरबाट घेराबन्दी गरिए पनि आमनेपाली जनताले एमालेप्रति विश्वास गरेर विजयी गराएका र निर्वाचित जनप्रतिनिधिले जनताको विश्वास र भरोसालाई मनन गरी इमान्दारीका साथ काम गर्नुपर्नेमा उनले जोड दिए । उनले पोखरा–लेखनाथ महानगरलाई भ्रष्टाचारमुक्त र आधुनिक सहर बनाउने गरी काम गर्न आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तरुण विभागका केन्द्रीय सदस्य सहित दर्जनौं युवाहरू एमाले प्रवेश

१० असोज ,भक्तपुर । नेपाली काङ्ग्रेसको तरुण विभागको केन्द्रीय सदस्य अरुण सापकोटा र नेकपा एकीकृत

सिन्धुज्वाला हाईड्रोमा ब्रम्हलुट,सेयर सदस्यको पैसाले चुर्नप्रसादको पेट्रोल पम्प

१० असोज,काठमाडौं । सिन्धुपाल्चोकको गुम्बा स्थित निसमखोलामा कार्यक्षेत्र हुने गरि दर्ता भएको ४३ मेगावाटको सिन्धुज्वाला

निलम्बनपछी पनि चोलेन्द्र शमशेरलाई नजरबन्दमा राख्नु गलत,शेखर कोइराला

९भदौ,बिराटनगर । नेपाली कांग्रेसका नेता शेखर काेइरालाले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरालाई सरकारले निलम्बन पछि

सवारी जाम न्यूनिकरण गर्न न्यूरोडमा चार पांग्रे सवारी निषेध

८असोज,काठमाडौं । सवारी जाम न्यूनिकरण गर्न काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा चार पांग्रे सवारीसाधन निषेध गर्ने

बाबुराम भट्टराई संगको सहकार्य पछिसम्म : प्रचण्ड

काठमाडौँ, ८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराईसँगको हुन गइरहेको सहकार्य

अध्यक्ष ओलीको ध्यान मधेसतीर,आफ्नै सरकारको पालामा किनिएको रेलमा यात्रा

८ असोज,जनकपुरधाम । पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ध्यान मधेस