people Nepal » पोखरा महानगरपालिकाको मेयरमा एमाले अगाडि पोखरा महानगरपालिकाको मेयरमा एमाले अगाडि – people Nepal

पोखरा महानगरपालिकाको मेयरमा एमाले अगाडि

११ जेठ , पोखरा । पोखरा महानगरपालिकाको मेयरमा एमाले भारी मतले अगाडि छ । यहाँ एमालेले लगभग जित्ने निश्चित भएको छ ।

एमालेका उम्मेदवार मानबहादुर जिसीले अहिलेसम्म ५१ हजार २ सय १७ मत प्राप्त गरी अग्र स्थानमा छन् भने कांग्रेसका रामजी कुँवरले ३९ हजार ३ सय ९५ मत प्राप्त गरेका छन् । यि दुई मेयरका उम्मेदवारको मत अन्तर ११ हजार ८ सय ५८ रहेको छ ।

यहाँका ३३ वडा मध्ये २९ वडाको मत गणना सम्पन्न भएको छ । अब ४ वटा वडाको मात्र मत गणना हुन बाँकी छ । यि ४ वडामा कुल १८ हजार ७ सय २७ मत खसेको छ ।