पहिरोमा परि एकै परिवारका तीन जनाको मृत्यु

pahiro_taplejung१८ भदौ, काठमाडौ । ताप्लेजुङमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएकाे छ । पहिराेले  एकै परिवारका तीन जनाको मृत्यु भएकाे हाे । एक जना वेपत्ता भएका छन् भने एक जना घाइते छन् । पहिरोले दुई दर्जन बढि घरमा क्षति पुर्‍याएको छ ।

पहिरोले घर पुर्दा ताप्लेजुङ नगरपालिका दुईका टिका मगरकी श्रीमति विमला मगर छोराहरु मनोज र ललित मगरको मृत्यु भएको हाे । घर माथिबाट झरेको पहिरोले घर पुर्दा उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ । उद्धारमा खटिएको सुरक्षा निकायले उनीहरुको शव निकालेको  छ ।

पहिरोले घर पुर्दा ताप्लेजुङ नगरपालीका ८ कि माइली  लिम्बुनी बेपत्ता भएकी छिन् भने कान्छि लिम्बु घाइते छिन् । घाइतलाई बोकेर जिल्ला अस्पताल ल्याईदै गरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए ।

पहिरोले ताप्लेजुङ नगरपालीका ८ दोखुमा सबैभन्दा बडि घरमा क्षति पुर्‍याएको छ । सो स्थानमा मात्र २० भन्दा बढि घरमा पहिरोले क्षति पुर्‍याएको स्थानिय रुपनारायण भट्टराईले बताए । यस्तै ताप्लेजुङ नगरपालीका २ केनिममा १२ भन्दा बढि सदरमुकाम नजिकै कफिहाउस मा १० र हेलिप्याड नजिकै तीन घरमा क्षति पुगको प्रारम्भिक तथ्याङ्क आएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताएका छन्  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास