पर्वतमा पहिराेले २ घर बगाउँदा ३ जनाकाे शब फेला, ६ जना बाेपत्ता

 
whatsapp sharing buttonpahiro-2
पर्वत, जेठ ३२ः गएराति अविरल वर्षाका कारण कुस्मा नगरपालिका ३ दुर्लुङमा पहिरोले २ घर पुरिँदा ३ जनाको शब भेटिएको छ भने ६ जना अझै बेपत्ता रहेका छन् ।जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीका अनुसार राती २ बजे सम्म पहिराेमा पुरिएकाकाे खोजी गरिएको र अहिले बिहानै देखि स्थानीय तथा सुरक्षाकर्मीले  तीब्र रूपमा खोजी गरिरहेका छन् ।

पानी परिरहेको र अध्याँरोका कारण गएराति खोजी गर्न कठिन भएको थियो । आइतबार बिहानै देखि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले घटनास्थलमा उद्दार र खोजीको काम थालेको डिएसपी अधिकारीले बताए ।

पहिरोमा परी स्थानीय तुलबहादुर थापा, उहाँकी श्रीमती नीलकुमारी थापा र नातिनी (छोरातर्फ) अन्दाजी १० वर्षीया विविशा थापाको मृत्यु भएको हो।

पहिरोमा परी तुलबहादुरका छोरा र छोरीतर्फका २ नाति बेपत्ता रहेका छन्। भने कमला बिकको परिवारको कमला सहित ३ जना पनि बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको