नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्न राप्रपाको माग

६ साउन, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले असन्तुष्ट वरिष्ठ नेता पशुपति शमशेर राणासँग थप छलफल गर्ने बताएका छन् । थापाले एकलौटी रुपमा आफू निकटका नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेपछि असन्तुष्ट नेता राणासँग थप छलफल गर्ने बताएका हुन् । अस्तिदेखि शुरु भएर आज सकिएको केन्द्रीय कार्यसमितिको बैठक राणा पक्षले वहिस्कार गरेपछि केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

यस्तै राप्रपाले नेपाली नोटमा पृथ्वी नारायण शाहको तस्वीर राख्न सरकारसँग माग गर्ने भएको छ । पृथ्वी नारायण शाह राष्ट्र निर्माता भएकाले नेपाली नोटमा उनको तस्बिर राख्नु पर्ने राप्रपाको माग छ । राप्रपाले स्थानीय चुनावको क्रममा मारिएका आफ्ना नेता धनरुप बटालालाइ सहिद घोषणा गर्न र क्षतिपुर्ती दिन पनि सरकारसँग माग गरेको छ ।

स्थानीय चुनावमा अनपेक्षित हार भएको भन्दै पार्टी अध्यक्षको नाताले पराजयको नैतिक जिम्मेवारी आँफुले लिने अध्यक्ष कमल थापाको भनाई छ । आगामी असोज २ गते हुने तेस्रो चरणको चुनावमा युध्दस्तरमा खट्न कार्यकर्तालाई पार्टीले निर्देशन दिएको छ ।

 

photo

NOC1-250x300