वैशाख २३ – नेइमारका साथी खेलाडी नेइमारकी बिहिनीको प्रेम सम्बन्ध रहेको खुलेको छ । ब्राजिलको राष्ट्रिय टिमका खेलाडी गाब्रिएल बार्बोसा र नेइमारकी बहिनी राफाएला प्रेम सम्बन्ध रहेको खुलेको हो । नेइमार र गाब्रिएल ब्राजिलको राष्ट्रिय टिमबाट खेल्छन् ।
नेइमार बार्सिलोना तथा गाब्रिएल इन्टर मिलानबाट खेल्छन् । लामो समयदेखि गाब्रिएल र राफाएलाबिच प्रेम सम्बन्ध रहेको खबर आएको थियो । तर राफाइला र गाब्रिएलाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट भएपछि उनीहरुको प्रेम सम्बन्ध पुष्टि भएको हो ।