११ असोज, काठमाडौं । निर्वाचन आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय फिर्ता बोलाइएको विषयलाई निर्वाचन आचारसंहिता पालनाप्रति सरकार उदासिन रहेको घटनाका रुपमा लिएको छ ।
निर्वाचन आचारसंहिताको विषयमा उठेका प्रश्नका बारेमा सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचन आचारसंहिताको पूर्णपालना गर्न/गराउन सरकार र राजनीतिक दलको पुनः ध्यानाकर्षण गराए ।
निर्वाचन आयोगले प्राधिकरणका महानिर्देशकलाई फिर्ता बोलाइएको विषयमा मन्त्रालयसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो । उनले भने, “उच्च तहको कर्मचारीको काज खटाउँदा, फिर्ता बोलाउँदा वा सरुवा गर्दा आयोगसँग सहमतिसम्म माग नगर्ने अभ्यास गम्भीर विषय हो ।”
राजनीतिक दलले आफ्नो पार्टी कार्यालयमा चियापान र शुभकामना आदानप्रदान कार्यक्रम गर्नसक्ने उनले जानकारी दिए ।
स्थानीय तहको निर्वाचन ज्यादै शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै आयुक्त शाहले निर्वाचनमा कुनै पनि हिंसात्मक घटना नभएको उल्लेख गरे ।
स्थानीय तहको निर्वाचनका सन्दर्भमा आयोगले ३७ वटा आचारसंहिता उल्लंघनका विषयमा स्पष्टीकरण सोधेकामा अब छ वटाको मात्र जवाफ आउन बाँकी रहेको जानकारी सो अवसरमा दिइयो ।
हालसम्म विभिन्न एक हजार ८५५ विषयमा सहमति माग भई आएकामा एक हजार १८५ लाई सहमति प्रदान गरिएको आयोगले जनाएको छ ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको