निर्वाचनलाई असर पार्ने काम नगर्न आयोगको आग्रह

election-commission_nirwachan-chunab_DaMk3sCMVaधुलिखेल (काभ्रेपलाञ्चोक),  २५ असोज। प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेकाले निर्वाचनलाई असर गर्ने गरी कुनै अप्रिय निर्णय नगर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

निर्वाचनको मिति सार्ने चर्चाप्रति लक्ष्य गर्दै प्रमुख आयुक्त डा. यादवले भन्नुभयो, “निर्वाचनको यो अन्तिम अवस्थामा कुनै अप्रिय निर्णय नगर्न नेपाल सरकारसँग अनुरोध गर्दछु, साथै निर्वाचनका कार्यतालिकामा असर पार्ने कुनै अप्रिय घटना नहुन् । ” मङ्सिर १० र २१ मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि ‘निर्वाचन सञ्चालन र व्यवस्थापन’सम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम सुरु गर्दै उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो ।
प्रमुख आयुक्त डा. यादवले भन्नुभयो, “कानुन, नियम र निर्देशिकालाई अन्तिम रूप दिइसकिएको छ, विगतमा निकै अस्थिर राजनीतिक र अविश्वासको अवस्थामा पनि ऐतिहासिक रेकर्ड कायम गर्ने गरी स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । सबैको सहयोगबाट यो सम्भव भएको हो, अहिले पनि यो अन्तिम अवस्थामा कहीँ कतैबाट पनि निर्वाचनमा कुनै किसिमको व्यवधान नआओस् । ’’
जसरी भए पनि निर्वाचन जितेर माथि पुग्ने र त्यसपछि मतदातालाई बेवास्ता गर्ने प्रवृत्ति नदेखाउन राजनीतिक दल र उम्मेदवारसँग उहाँले आग्रह गर्नुहुँदै निर्वाचनमा खटिने कर्मचारीले राजनीतिक आस्थाका आधारमा कसैप्रति आग्रह वा पूर्वाग्रही नभई निर्भीक, स्वच्छ र स्वतन्त्र भएर काम गर्न निर्देशन दिनुभयो ।
प्रमुख निर्वाचन आयुक्त डा. यादवले कार्यसम्पादन गर्दा निर्वाचनको मूल्य र मान्यतालाई जुनसुकै अवस्थामा आँच आउन नदिनेतर्फ हेक्का राख्न पनि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई सुझाव दिनुभयो ।
नौ लाखको पानी !
आयुक्त सुधीरकुमार शाहले निर्वाचनमा खटिने सबैको कार्यसम्पादन उत्कृष्ट होस् भन्ने आयोगको चाहना रहेकाले निर्वाचनमा वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था आउन नदिन र ऐतिहासिक जिम्मेवारीलाई सफल तुल्याउने गरी दृढ इच्छाशक्तिसहित समन्वय र सहमति कायम गरेर काम गर्न निर्देशन दिनुभयो ।
उहाँले स्थानीय तह निर्वाचनमा एकजना मुख्य निर्वाचन अधिकृतले मतगणना गर्दा पानी पिउन भनी नौ लाख रुपियाँको बजेट माग गर्नुभयो र अर्का मुख्य निर्वाचन अधिकृतले एउटा स्थानीय तहको ३९ पटक भ्रमण गरेको भनेर भनी रकम माग गर्नुभयो, अब यस्तो स्थिति नआओस् भन्नुभयो ।
निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले निर्वाचनलाई सफल तुल्याउन समन्वयको नेतृत्व गर्न र पुनः निर्वाचन गर्ने अवस्था सिर्जना हुन नदिन तथा समस्याको समाधान स्थानीय तहमै गर्न सुझाव दिनुभयो ।
आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले नेपालको संविधान कार्यान्वयनका सन्दर्भमा भइरहेका निर्वाचनको ऐतिहासिक जिम्मेवारी र सङ्कल्प पूरा गर्न आयोग दृढ
रहेको बताउनुभयो ।
कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नहकुल सुवेदी, आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल तथा उपमहालेखा परीक्षक बाबुराम गौतम, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम निर्वाचन सहायता परियोजना निर्देशक भिनसेन्ट क्रुज, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडा लगायतको सहभागिता थियो । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको