काठमाडौं, १२ माघ । संसद्को राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले निर्वाचनसँग सम्बन्धित दुई विधेयक मंगलबारको संसद् बैठकमा पेस गरेका छन् । उनले मतदाता नामावली विधेयक र निर्वाचन आयोग विधेयक संसद्मा पेस गरेका हुन् । अझै समितिमा राजनीतिक दल, स्थानीय तह निर्वाचन, निर्वाचन कसुरसम्बन्धी तीनवटा विधेयक दफावार छलफलको क्रममा छ ।
मंगलबार पेस भएका दुवै विधेयकलाई संसद्ले सम्भवतः बुधबार नै पारित गर्ने सम्भावना बढेको छ । विधेयकमाथि नेमकिपाको मात्र फरक मत रहेका कारण पनि यी दुई विधेयक पारित हुने सम्भावना बढेको हो । संसद् बैठक बुधबार २ बजे बस्दै छ ।
संसदमा सांसदहरूले तत्काल स्थानीय निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन् । मंगलबारको संसद् बैठकको शून्य समयमा बोलेका सांसदहरूले स्थानीय तह पुनर्संरचना आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको र संविधानअनुसार पनि निर्वाचन गर्नुपर्ने बाध्यात्मक समयको चापमा रहेको भन्दै निर्वाचन मिति घोषणाको माग गरेका हुन् ।
सांसद अफिलाल ओखेडा, आशा घिमिरे, आशा कोइरालालगायतले तत्काल स्थानीय चुनावको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । निर्वाचन लोकतन्त्रको आधारस्तम्भको रूपमा रहेको भन्दै उनीहरूले जतिसक्दो छिटो मिति घोषणा गर्न माग गरेका हुन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१६ माघ,काठमाडौं । वि.सं. १९९७ साल माघ ११ गते बिहान काठमाडौं शहरबाट पशुपतिको दर्शन
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री