नियमारका लागि भनेपनि रियल मड्रिडलाई हराउनुपर्छः इनिएस्टा

च्याम्पियन्स लिगबाट बाहिरिएको बार्सिलोनाका मिडफिल्डर एनड्रेस इनियस्टाले नियमारका लागि पनि सोमबार हुने एल क्लासिकोमा रियल मड्रिडलाई पराजित गर्नुपर्ने बताएका छन् ।

captain

च्याम्पियन्स लिगबाट बाहिरिएपछि बार्सिलोनाले आफ्नो ध्यान रियल संगको खेलमा केन्द्रित गर्ने इनियस्टाले बताएका छन् । ‘च्याम्पियन्स लिगबाट बाहिरिदा हामी अत्यन्तै निराश छौ । तर, बाकी रहेको संभावनाका लागि लड्न हामी तयार छौं,’उनले भने,‘ रियलसँगको खेल हाम्रो लागि अन्तिम अवसर हो । तसर्थ हामीले राम्रोसंग खेल्नुपर्नेछ । ’

युभेन्टससंग दुवै लेगमा गोल गर्न नसक्दा च्याम्पियन्स लिगको अन्तिम ८ बाट बाहिरिएको बार्सिलोनाले पहिलो लेगमा ३–० को हारको सामाना गरेको थियो भने गए राती दोस्रो लेग गोलरहित बराबरीमा टुंगिएको थियो ।

रियल भन्दा १ खेल बढी खेलेको बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा ३ अंकले पछि रहेको छ । बार्सिलोनाले रियललाई हराउन नसके उपाधि जित्ने सम्भावना कमजोर हुनेछ ।

 

photo

NOC1-250x300