नारायणघाट–मुग्लिन सडक खुल्यो

४ असार, चितवन । चितवनको नारायणघाट–मुग्लिन सडकखण्ड अन्तरगत कालिखोलामा सुख्खा पहिरो खसेर विहानैदेखि अवरुद्ध रहेको बाटो खुलेको छ । दुई वटा डोजरले पहिलो पन्छाएर ८ घण्टापछि अवरुद्ध बाटो खुलेको चितवन प्रहरीले जनाएको छ ।

अहिले गाडीहरु गन्तव्यतर्फ जान थालेपनि लामो लाईन भएकाले यातायात सहज हुन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । ईच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ मा राती साढे ३ बजे कालिखोलामा खसेको सुख्खा पहिरोका कारण बाटो बन्द भएको थियो ।

 

 

photo

NOC1-250x300