नयाँ शक्ति सहित ६८ दलको अनसन सुरु

२ बैशाख काठमाडौं । दलीय चुनाव चिन्ह पाउनुपर्ने माग गर्दै आन्दोलनलाई निरन्तरता दिँदै आएका नयाँ शक्ति पार्टी नेपालसहितका ६८ दलले शनिबारबाट काठमाडौंमा अनसन सुरु गरेका छन् ।

 

संसदमा रहेका दलहरुलाई मात्रै दलीय चुनाव चिन्न प्रदान गर्ने कानुनी व्यवस्था खारेज गर्न माग गर्दै उनीहरुले रत्नपार्कस्थित शान्ति वाटिकामा ६ दिने अनसन सुरु गरेका हुन् ।

अनसनको शुभारम्भ गर्दै नयाँ शक्ति पार्टी नेपालका संयोजक, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलीय चुनाव चिन्न संसद बाहिरका दललाई नदिने तीन ठूला दलको निर्णय तर्कसंगत नभएको बताए ।

यो निर्णय लोकतन्त्र र संविधान प्रतिकूल रहेको भन्दै उनले आक्रोश व्यक्त गरे । संयोजक भट्टराईले दलीय पहिचान नै मेटाउने काममा ठूला दल लागि परेेको आरोप लगाएका छन् ।

६८ दलले दलीय चुनाव चिन्न नपाएसम्म आन्दोलनलाई निरन्तरता दिइरहने जनाएका छन् । उनीहरुले दलीय चुनाव चिन्हको माग गर्दै पहिलो चरणमा देशभरका निर्वाचन कार्यालय घेराउ गरेका थिए ।

स्थानीय तह निर्वाचन ऐनमा संसदमा नरहेका दललाई दलीय चुनाव चिन्न नदिने व्यवस्था गरिएकोमा आपत्ती जनाउँदै ६८ दलले आफूहरुको माग सम्बोधन नभए आवश्यक्ता अनुसार प्रधानमन्त्री निवास बालुवाटार, संसद भवन नयाँ बानेश्वरमा घेराउ गर्ने चेतावनी पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्