काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालले आगामी चैत महिनामा ‘हिमाल–पहाड–तराई/मधेस राष्ट्रिय अभियान’ सञ्चालन गर्ने भएको छ । फागुन २६ गते संयोजक डा. बाबुराम भट्टराईको विशेष उपस्थितिमा बसेको नयाँ शक्ति पार्टी, नेपालको राष्ट्रिय तथा सामाजिक जन–परिचालन समितिको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । हिमाल, पहाड र तराई/मधेशलाई भावनात्मक रुपमा जोड्न र असन्तुष्ट पक्षहरुलाई सहमतिमा ल्याइ संविधान संशोधनमार्फत तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको वातावरण बनाउन दवाव दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो । अभियानको पहिलो चरणमा चैत १–७ सम्म आन्तरिक तयारी गर्ने निर्णय भएको छ ।
दोस्रो चरणमा चैत ९–१२ सम्म देशव्यापी रुपमा ७ ठाउँमा सभा गर्ने निर्णय भएको छ । नयाँ शक्तिले चैत ९ गते दिउँसो १२ बजे इनरुवामा र दिउँसो ४ बजे लाहानमा सभा गर्नेछ । त्यस्तै चैत १० गते दिउँसो १२ बजे बर्दिबासमा र दिउँसो ४ बजे चन्द्रनिगाहापुरमा सभा गर्नेछ । चैत ११ गते दिउँसो १२ बजे भैरहवामा सभा हुनेछ । त्यस्तै चैत १२ गते विहान ९ बजे कोहलपुरमा र दिउँसो २ बजे धनगढीमा समा हुनेछ
२०७३ चैत १३ गते दिउँसो २ बजे राष्ट्रिय तथा सामाजिक परिचालन समितिको बैठक बसी तेस्रो चरणको कार्यक्रम घोषणा गरिनेछ ।
२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्
वैशाख १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप
चैत १७, काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल (एपिएफ) को
८ चैत २०८१, शुक्रबार चियाको कपमा तुफान भन्ने टुक्का त आफैँले पनि कति ठाउँमा प्रयोग
रुपन्देही १९ , फागुन। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा