April 25, 2020

नयाँ मोडालिटीमा लकडाउनलाई निरन्तरता दिने सरकारी तयारी, मुख्यसचिवको नेतृत्वमा समिति

कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले नयाँ मोडालिटीमा लकडाउनलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको छ । तत्कालै लकडाउन खुकुलो बनाउने परिस्थिति नरहेको निष्कर्षसहित नयाँ मोडालिटीमा लकडाउनलाई अगाडि बढाउने समितिले निष्कर्ष निकालेको हो ।

देशका विभिन्न भागमा कोरोना संक्रमण देखिएको, सबै क्षेत्रमा परीक्षण भइनसकेकाले देश कोरोना संक्रमणको खतराबाट मुक्त नभएको शनिबार सिंहदरबारमा सम्पन्न समितिको बैठकले निष्कर्ष निकालेको छ ।

वैशाख १५ गते लकडाउनको अवधि सकिने भएकोले आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे ठोस निष्कर्ष लिने बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

उनले भने, ‘केही जिल्लामा खासगरी हिमाली क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसँग सल्लाह गरी ती जिल्लाका लागिमात्रै केही निर्णय गर्न सकिन्छ कि भन्ने पनि कुरा भएको छ ।’

शुक्रबारको मन्त्रिपरिषद्‍मा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनबारे छलफल गरेर सिफारिस गर्न उच्चस्तरीय समितिलाई निर्देशन दिएका थिए । समितिको बैठकमा परिवर्तित सन्दर्भमा लकडाउनको नयाँ मोडेलको बारेमा पनि छलफल भएको उनले जानकारी दिए । नयाँ मोडालिटी तयार पार्ने जिम्मा मुख्यसचिवको नेतृत्वमा रहेको सचिवहरु सम्मिलित कार्यदललाई जिम्मा दिइएको र सोही समितिको सिफारिसको आधारमा मन्त्रिपरिषदले निर्णय लिने बताइएको छ ।

उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणमा सरकारी प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको छ ।

लकडाउनकै कारण संक्रमण फैलिन नपाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने समितिको राय छ । यसबारे औपचारिक निर्णय भने मन्त्रिपरिषद्ले गर्ने समिति संयोजक ईश्वर पोखरेलले जानकारी दिए ।

बैठकमा लकडाउनकै कारण कोरोना नियन्त्रणमा लिन सफल भएको निष्कर्ष समितिले निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको