२ वैशाख, एजेन्सी ।‘द कपिल शर्मा शो’ का कलाकार र मेकर्सलाई सबैभन्दा ठूलो झड्का लागेको छ । यसअघि टप १० मा रहने गरेको कपिल शर्मा शो उत्कृष्ट १० शो भन्दा तल झरेको भारतीय मिडियाले जनाएको छ ।
रिपोर्टका अनुसार उक्त शो को टिआरपि १०औ स्थानबाट झरेर १२ औ स्थानमा पुगिसकेको छ । जी टिभीको कार्यक्रम सारेगमापालाई दर्शकले सबैभन्दा बढि मन पराएको रिपोर्टले जनाएको छ ।
पछिल्लो समय ‘कपिल शर्मा शो’मा भाग लिने कलाकारको सहभागितामा समेत कमी आएको छ । कपिल शर्मा र सुनिल ग्रावरको विवाद पश्चात उक्त शोको रेटिङ लगातार तल झर्दै गएको हो।
कपिलले आफ्नो शोलाई पहिलेकै स्थानमा पुर्याउन पुराना चर्चित कमेडियन कुरैशी, राजु श्रीवास्तब, सुनिल पाल आदिको सहारा समेत लिइसकेका छन् ।
टिआरपी घट्दा सोनी च्यानलको कमाइमा उल्लेख्य कमी आएको बताइएको छ।
यस्तै सोनी च्यानलले बेहोर्नु परेको यस घाटाको फाइदा भने कलर्स च्यानलले उठाइरहेको छ।