दीप बस्न्यातको नाम अख्तियार प्रमुखमा सिफारिस

deep-basnat

काठमाडौं, १९ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको प्रमुख आयुक्तमा दीप बस्न्यातको नाम सिफारिस भएको छ ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको संवैधानिक परिषदको बैठकले बस्न्यातलाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो । यसअघि तत्कालिन प्रमुख निर्वाचन आयुक्त लोकमान सिंह कार्कीमाथि महाअभियोग लागेपछि उनलाई कार्यबाहक प्रमुख आयुक्त नियुक्त गरिएको थियो ।

बैठकमा प्रधानमन्त्ती पुष्पकमल दाहाल, प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ति मगर, उपसभामुख गंगाप्रसाद यादव, र सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश गोपाल पराजुलीको सहभागीता रहेको थियो ।

 

photo

NOC1-250x300