दीपक-दीपाले बनाउने भए ‘छक्का पन्जा २’

काठमाडौं,deepak-and-deepa44 । दीपाश्री निरौला निर्देशित फिल्म छक्का पन्जा सर्वाधिक व्यावसायिक सफलता हात पारेलगत्तै ‘छक्का पन्जा २’ निर्माण हुने भएको छ ।

आमा सरस्वती मुभिजको प्रस्तुतीमा दीपकराज गिरी र दिपाश्री निरौलाले फिल्म ‘छक्का पन्जा २’ निर्माण गर्ने लागेका हुन् ।

दिपाश्रीको निर्देशन रहने गर्ने गरी ‘छक्का पञ्जा २’ निर्माण हुने दिपकले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

फेसबुकमा दिपकले लेखेका छन्,‘छक्का पञ्जा नेपाली चलचित्र इतिहासकै सबैभन्दा बढि दर्शकले हेरेको चलचित्र भयो । केहि कमी कमजोरीलाई पनि तपाईहरूले औल्याइदिनु भएको छ । त्यो सबैलाई मन र मस्तिष्कमा राखेर नयाँ चलचित्रको घोषणा गर्न जाँदैछौं ।’

निर्देशक विकास आचार्यको कथा रहने फिल्ममा दिपकराजको पटकथा तथा संवाद रहनेछ । युवा पुस्ताबीच हुने छक्का पञ्जाको कथा रहने बताइएको ‘छक्का पञ्जा २’ मा सबै जसो ‘छक्का पञ्जा’ का कलाकारहरु दोहोरिने छन् । फिल्ममा पुरानासँगै केही नयाँ कलाकारहरु पनि थप हुनेछन् । फिल्मको सबै तयारी सकिएपछि जेठको दोश्रो साताबाट सुटिङ सुरु गर्ने दीपकले फेसबुकमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको