काठमाडौं, १० वैशाख । कानुनमन्त्री अजयशंकर नायकले आइतबार पौने १२ बजे सडक कानुन मिचेका छन् ।
मन्त्री क्वार्टर हरिहर भवनदेखि कार्यालय जाने क्रममा थापाथलीमा सर्वसाधारण यात्रु हिँड्नका लागि मात्रै बनाइएको पदमार्गबाट उनी सवार बा २ झ ७९० नम्बरको प्राडोले सडक कानुन मिचेको हो । थापाथलीमा गलत लेनबाट आएको उनको सवारीले यात्रु हिँड्ने मार्गमा उकालेर सडक पार गरेको हो । उनको प्राडोले सडक कानुन मिचिरहँदा त्यहाँ रहेका ट्राफिक प्रहरी भने मुकदर्शक बनेका थिए । भिआइपी नम्बरप्लेट र राष्ट्रिय झन्डा फरफराएर आएको सवारीलाई कनिष्ठ प्रहरीले कारवाहीका लागि रोक्न सकेनन् ।
ट्राफिक प्रहरीले स्कर्टिङ नदिने राष्ट्रका प्रमुख ५ पद बाहेकका अन्यलाई कारवाही गर्नसक्ने अधिकार छ । सडक कानुन सबैले बराबर मान्नुपर्ने हुन्छ । ट्राफिक प्रहरी प्रमुख डिआइजी मिङ्मार लामाका अनुसार ट्राफिक प्रहरीको काम सडक कानुन नमान्नेलाई कारबाहीको दायरामा ल्याउने हो । उनले भने, ‘हामीले प्रमुख ५ पदबाहेकका व्यक्तित्वलाई स्कर्टिङ गर्ने चलन यहाँ छैन, सडक कानुन सबैका लागि बराबर हो, कानुन मिचे कारवाही हुनुपर्छ ।’
उनका अनुसार सवारीमा रहेका भीआइपीलाई नभई उनका चालकलाई कारबाही हुनुपर्छ । भने,‘गाडी जसले चलाएको हो, हामीले उसलाई कारबाही गर्छौं ।’ तर, प्राडोमा सवार कानुनमन्त्रीले नै सडक कानुन मिच्दै गर्दा चालकलाई नसुझाएर कानुन उल्लङ्घन गर्न प्रेरित गरेको देखिन्छ । काठमाडौंको सवारी चाप सबैभन्दा बढि रहने थापाथलीमा दुईजना ट्राफिक जवान लेन अनुशासनलाई मात्रै निगरानी गर्न राखिएको छ । जहाँ दैनिक दुई सय भन्दा बढि सवारी साधन लेन अनुशासनकै कारण कारवाही र जरिवानामा पर्ने गरेका छन् ।
यसरी सडक कानुन मिच्ने कानुनमन्त्री नायक एक्ला भने होइनन् । थापाथलीको व्यस्त सडकमा प्रायः उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीलगायत सवार गाडी जाममा बस्नुभन्दा सडक लेन मिचेर सडक पार गर्दै सर्वसाधारणलाई रमिता देखाउँदै आएका छन् । नेपालमा भिआइपीमा नैतिक शिक्षाको कमी रहेका कारणले पनि यसरी कानुन मिचिने गरेको छ । बेलायतका तत्कालिन प्रधानमन्त्री टोनी व्लेयरले जाम सडक जाम रहेका बेला हरियो वत्ती पर्खिएर कानुनको पालना गरेको समाचार विश्वव्यापी भएको थियो ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको