डिपिएल : आज पारस भर्सेस विनोद, शरद भर्सेस ज्ञानेन्द्र

vsकाठमाडौं, चैत ३१ – धनगढी प्रिमियर लिग क्रिकेट (डीपिएल) मा बिहीबार धनगढी टीम चौराहा र कञ्चनपुर आईकोनिकबिच खेल हुँदै छ । खेल बिहान ९ बजे सेती अञ्चल प्रहरी मैदानमा सुरु हुनेछ । टीम चौराहा पारस खड्काको नेतृत्वमा र कञ्चनपुर विनोद भण्डारी नेतृत्वमा छन् । टीम चौराहा अंकतालिकाको पुछारमा छ भने कञ्चनपुर पुछारबाट दोश्रो स्थानमा छ ।

प्रतियोगितामा बिहीबार नै दिउँसो १ बजेपछि विराटनगर किङ्गस र सिवाईसी अत्तरीया खेल्नेछन् । शरद भेषावकर नेतृत्वको विराटनगर अंकतालिकाको चौथो र ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको अत्तरिया तेश्रो स्थानमा छन् । बुधबारको खेलमा रुपन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्स विजयी भएका थिए ।

 

photo

NOC1-250x300